Khabar Board
Flash logo up side
Nirbachan aayog

१९ वर्षीय अरविन्द चम्किँदा स्कटल्याण्डमाथि यूएईको शानदार जित

Nirbachan m

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भइरहेको एकदिवसीय सिरिजमा यूएईले स्कटल्याण्डलाई ५ विकेटले हराएको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले दिएको १७२ रनको लक्ष्य यूएईले ४४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि १९ वर्षीय विकेटपिकपर/ब्याट्सम्यान वित्त अरविन्दले अर्धशतकीय पारी खेले । ९८ बलको सामना गरेका उनले पाँच चौकाको मद्दतमा सर्वाधिक ५४ रन बनाए । त्यस्तै, मोहम्मद वसिमले ३६, जवार फरिदले अविजित ३२ र चन्दुगापोयल रिजवानले ३० रनको योगदान दिए ।

स्कटल्याण्डका लागि सफियान शरिफले दुई, क्रिस ग्रेभ्स, कप्तान कायल कोएट्जर र क्रिस सोलेले एक/एक विकेट लिए । त्यसअघि, परल्याण्डस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो ।

उसका लागि सफियान शरिफले ३०, जर्ज मुन्सेले २९, कलुम म्याक्लोएडले २०, रिचि बेरिङ्टनले १५ रन बनाए । अन्यको प्रदर्शन सम्झनालायक रहन सकेन । यूएईका लागि कासिफ दाउत, कार्तिक मरियप्पनले दुई/दुई, अहमद राजा, बसिल हमीद र जाव फरिदले एक/एक विकेट लिए ।

आईसीसी विश्वकप लिग–२ मा यूएईको यो ११ औं जित हो । अंक तालिकाको तेस्रो स्थानमा रहेको उसले २१ म्याच खेल्दा आठ खेलमा भने हार बेहोरेको छ । एक खेलमा भने यूएईले अंक बाँडेको छ । स्कटल्याण्ड २८ अंकका साथ तालिकाको दोस्रोमा छ । उसले २० म्याच खेल्दा १३ मा जित र पाँच खेलमा पराजय बेहोरेको छ ।

नेपालले अहिलेसम्म १२ वटा म्याच मात्र खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल १२ अंकसहित तालिकाको छैटौं स्थानमा छ । नेपालले केही दिनमा अमेरिकामा घरेलु टोली र ओमानको सामना गर्दैछ । सिरिजअन्तर्गत नेपालले पहिलो खेल ९ जुनमा खेल्ने तालिका छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.