Khabar Board
Flash logo up side
flash header

नेपाल र ह्युस्टन हरिकेन्सबीचको खेल आज, यसरी हेर्न सकिनेछ ‘लाइभ’

Nirbachan m

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्न अमेरिकामा रहेको नेपाली टिमले आज दोस्रो अभ्यास खेल खेल्दै छ। नेपालले आज स्थानीय क्लब हुस्टन हुरिकेन्ससँग खेल्ने छ। यो खेल नेपाली समय अनुसार राति सवा ९:१५ बजेदेखि सुरुहुने छ।

यसअघि पहिलो अभ्यास खेल नेपालले अल स्टार नेपाली क्रिकेट क्लबसँग खेलेको थियो। जसमा ४ विकेटले पराजित भएको थियो। पहिलो खेलमा बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटर चल्न नसक्दा लो स्कोरिङ म्याच बनेको थियो। आजको खेलमा नेपालले पहिलो खेलको गल्तीलाई सुधार गर्दै राम्रो खेल प्रस्तुत गर्नुपर्ने चुनौती रहेको छ।नेपाल र हुस्टन हुरिकेन्सबीचको खेल युट्युबमा एमसिएल नेटवर्क (MCL Network) मा हेर्न सकिनेछ ।

याे अभ्यास खेल पछि नेपाली टिम लिग टू अन्तर्गत अमेरिका र ओमानसँगकाे एक दिवसीय सिरिजमा फाेकस हुने छ ।जुन ९ तारिखमा नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्ने छ । दोस्रो खेल जुन ११ मा अमेरिकासँग खेल्ने छ भने तेस्रो खेल जुन १४ मा ओमानविरुद्ध हुने छ ।

जुन १५ मा अमेरिकासँग अन्तिम खेल खेल्ने छ । अहिले लिग टूको अंक तालिकाको छैटौं स्थानमा रहेको नेपाली टिमले यो सिरिजमा राम्रो प्रदर्शन गर्न सके तालिकामा सुधार गर्ने छ । आईसीसी विश्वकप लिग टूमा प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ ।

Center article

अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो । ओमान ४० अंकसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड २४ अंकसहित दोस्रो स्थानमा रहँदा युएई २२ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेपालले जम्मा १२ खेलमा प्रतिस्पर्धा गर्दा ६ खेलमा जित निकाल्दै १२ अंकसहित छैटौं स्थानमा रहेको छ भने पपुवा न्युगिनीले २० खेलमा प्रतिस्पर्धा गर्दा एक मात्र जित निकाल्दै २ अंक जोडेर पुछारमा रहेको छ । अमेरिका पाँचौं स्थानमा छ भने नामेविया चौथो स्थानमा रहेको छ । ७ मध्य शीर्ष ३ मा पर्ने टिमले अर्को वर्ष हुने विश्वकप क्रिकेटको क्वालीफायरमा स्थान बनाउने छन् ।

ह्युस्टन हरिकेन्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

 

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.