Khabar Board
Flash logo up side
Nirbachan aayog

मैत्रीपूर्ण खेलमा युवा खेलाडीको प्रदर्शन पछि एसिया कप छनोट बारे यस्तो भन्छ एन्फा

Nirbachan m

काठमाडौं ।

कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले तेस्रो मैत्रीपूर्ण अभ्यास खेलमा हार बेहोरेको छ । नेपालले तेस्रो खेलमा बलियो टोली ओमानविरुद्ध हार बेहोरेको हो । गएराति सुहिम बिन हामद स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा नेपाल २–० गोल अन्तरले पराजित भयो ।

ओमानलाई कडा टक्कर दिए पनि अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल पराजित भएको हो । ओमान जित दिलाउन ओमार अल मलिकी र इशाम अल सुभीले एक र एक गोल गरे । मलिकीले पहिलो हाफको थप गरिएको समय तथा सुभीले इन्ज्युरी समयमा गोल गरे । ओमानविरुद्ध हार बेहोरे पनि नेपालको प्रदर्शन ठिकठाक रह्यो ।

विगतमा ओमानविरुद्ध फराकिलो हार बेहोरेको नेपालले यसपालि युवा खेलाडी रहेको टोलीले कडा टक्कर दियो ।यो हारसँगै एकपटक ओमानविरुद्ध नेपाली फुटबल टिम इतिहास रच्न चुक्यो । यदि यो खेल जितेको भए नेपालले पहिलोपटक ओमानलाई हराउने थियो । तर, यसपालि पनि नेपालको त्यो सपना पूरा हुन सकेन ।

खेल अवधिभर १६८ औं स्थानमा रहेको नेपालले फिफा वरियताको ७५ औं स्थानमा रहेको ओमानलाई कडा चुनौती भने दियो । यसअघि नेपालले टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ तथा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जानेछ ।

Panacea Education

छनोटको समूह ‘ए’ मा नेपाल, कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरू जुन आठदेखि १४ सम्म हुनेछ । नेपालले ८ जुनमा जोर्डनसँग खेल्दै छनोटको सुरुवात गर्नेछ । यस्तै, नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियाको सामना गर्नेछ ।

एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली टिमले पहिलो र दोस्रो अनौपचारिक मैत्रीपूर्ण खेलमा टिमोर लेष्टे र श्रीलंकासँग बराबरी गरेको थियो। तीन खेल सम्मन्न भएपछि युवा खेलाडीहरूको प्रदर्शन राम्रो भएको र कुनै चोटपटक नलागेको भन्दै एन्फाले आफ्नो अफिसियल फेसबुक पेज मार्फत सूचना जारी गरेको छ।

एन्फाले लेखेको सूचना “नेपाली राष्ट्रिय पुरुष टोलीले आज कतारको दोहामा दश दिने बन्द शिविर सम्पन्न गरेको छ । टोली २०२२ मे २५ मा दोहा गएको थियो। नेपालले क्याम्पमा टिमोर लेस्टे (२-२), श्रीलंका (१-१) र ओमानसँग (०-२) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको छ । तीन टोलीको आपसी सहमति अनुसार तीनवटै खेल बन्द रंगशालामा खेलाइएको थियो । टोली राम्रो मुडमा छ, र कुनै महत्वपूर्ण चोटपटक भएको छैन।

एसिया कप छनोटको तेस्रो चरणका लागि टोली शनिबार बिहान कुवेत जाँदैछ । नेपालले जुन ८, ११ र १४ मा जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ । शिविर आयोजना गरेकोमा कतार फुटबल संघलाई हामी धन्यवाद दिन चाहन्छौं। एउटा टोली | जय नेपाल।”

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.