Khabar Board
Flash logo up side
Nirbachan aayog

अफगानिस्तानद्वारा जिम्बाब्वेलाई बलियो लक्ष्य, राशिद खानको आक्रामक ब्याटिङ

Nirbachan m

काठमाडौं ।

एकदिवसीय श्रृंखलाको पहिलो खेलमा पाहुना टोली अफगानिस्तानले जिम्बाब्वेलाई २७७ रनको लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७६ रन बनायो ।

उसका लागि रहमत साह, हसमतुल्लाह शाहिदी र राशिद खानले उत्कृष्ट पारी खेले । साहले १२० बलमा सात चौका र दुई चौकासहित ९४ रन बनाए । त्यस्तै, १०४ बलको सामना गरेका शाहिदीले १३ चौकाको मद्दतमा ८८ रनको योगदान दिए ।

राशिद खानले १७ बलमा चार चौका र दुई छक्काको सहयोगमा अविजित ३९ रनको आक्रामक पारी खेले । रहमानुल्लाह गुर्बाज १७, मोहम्मद नाबी १० इब्राहिन जद्रान पाँच रनमा आउट भए । जिम्बाब्वेका लागि ब्लेसिङ मुजरबानीले चार र तान्का चिनभान्गाले एक विकेट लिए ।

वेष्ट इण्डिजले दियो नेदरल्याण्ड्सलाई विशाल लक्ष्य

Panacea Education

एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पाहुुना टोली वेष्ट इण्डिजले नेदरल्याण्ड्सलाई ३०९ रनको लक्ष्य दिएको छ । एम्स्टेलविनस्थित विराए ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३०८ रन बनायो ।

उसका लागि कायल मेयर्स र शामरह ब्रुक्सले शतकीय पारी खेले । १०६ बलमा सात छक्का र आठ चौकासहित मेयर्सले १२० रन बनाए । एकदिवसीयमा उनको यो पहिलो शतकीय पारी हो । त्यस्तै, ब्रुक्सले ११५ बलमा तीन चौका र चार छक्काको सहयोगमा अविजित १०१ रन बनाए ।

एकदिवसीयमा उनको पनि यो पहिलो शतक हो । त्यस्तै, शाई होपले २४, नक्रमाह बोन्नरले अविजित १९, ब्रेण्डन किंगले १०, निकोलस पूरनले सात र अकिल हुसेनले तीन रनको योगदान दिए । नेदरल्याण्ड्सका लागि लोगानभान बीक, आर्यन दत्त, बासिडी लिडे, रयान क्लेन र विभिन किंग्माले एक/एक विकेट लिए ।

तीन खेलको सिरिज वेष्ट इण्डिजले २–० ले जितिसकेको छ । यदि आज विजयी भए उनले सिरिज ३–० ले क्लिन स्विप गर्नेछ । वेष्ट इण्डिज पहिलो खेलमा सातमा र दोस्रो खेलमा पाँच विकेटले विजयी भएको थियो । दुवै खेलमा उसले लक्ष्य पछ्याएर जित निकालेको थियो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.