Khabar Board
Flash logo up side
Nirbachan aayog

ह्युस्टन हरिकेन्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, सन्दीपसहित यी ४ खेलाडीलाई विश्राम

Nirbachan m

काठमाडौं ।

दोस्रो एकदिवसिय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ । नेपालले आजको खेलमा कप्तान सन्दीप लामिछानेलाई विश्राम दिएको छ । उपकप्तान रोहित पौडेलले आजको खेलमा नेपालको कप्तानी गर्दैछन् ।

नेपालले आजको खेलमा सन्दीपसँगै आसिफ शेख, किशोर महतो र आदिल अन्सारीलाई विश्राम दिएको छ । दीपेन्द्रसिंह ऐरी भने टोलीमा फर्किएका छन् । नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको थियो । नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपनि खेल जिताउन सकेका थिएनन् ।

Panacea Education

नेपाल दोस्रो अभ्यास खेलमा सानदार जितका साथ उच्च मनोबलका साथ अमेरिका र ओमानसँग खेल्ने सोचमा हुनेछ । हरिकेन्ससँगको अभ्याससँगै नेपालको आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक ओडिआई सिरिजको तयारी सकिनेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्दै सुरुवात गर्नेछ ।

नेपालको प्लेइङ–११ : देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, सुनिल धमला र सुशान भारी ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.