Khabar Board
Flash logo up side
Nirbachan aayog

रोहितको शतकमा हरिकेन्समाथि नेपालको शानदार जित

Nirbachan m

काठमाडौं ।

अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित प्राप्त गरेको छ । टोलीले आज बिहान सम्पन्न दोस्रो एकदिवसीय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध २९ रनको जित प्राप्त गरेको हो । पहिलो खेलमा नेपाल नेपाली अल स्टार्सविरुद्ध ४ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ५० रन बनायो । नेपालका कप्तान रोहितकुमार पौडेलले शानदार शतकीय पारी खेले । ९० बलमा ५ चौका र ४ छक्का हिर्काउका उनले १०१ रन बानए ।

रोहितले ८९ बलमा शतक पूरा गरे । उनी रोहित ३९ औं ओभरको दोस्रो बलमा रनआउट हुन पुगे । त्यस्तै, उनले आरिफ शेखसँग पाँचौं विकेटका लागि १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । आरिफले ६३ बलमा ३ चौकासहित ४१ रनको योगदान दिए ।

Panacea Education

दीपेन्द्रसिंह ऐरी २४, सुनिल धमला १३, देव खनाल १९, करण केसी १२, सुशान भारी पाँच, विनोद भण्डारी चार र कुशल भुर्तेल एक रनमा आउट भए । हरिकेन्सका लागि मोहम्मद इलियासले १० ओभरमा ६४ रन खर्चदै सर्वाधिक पाँच विकेट हात पारे ।

नेपालले दिएको २५१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ मै अलआउट भयो । उसका लागि निनाद निम्बालकरले ८१ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ९९ रन बनाइ । शतक बनाउन एक रनले टाढा रहेका उनलाई सोमपाल कामीले बोल्ड गरे ।

बलिङमा सोमपाल कामीले ८.३ ओभरमा ३८ रन दिएर ५ विकेट लिए । किशोर महतो, सागर ढकालले दुई/दुई विकेट हात पारे । दुई अभ्यास खेल सकाएर नेपालले अब अमेरिकामै आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ । सिरिजमा नेपालले अमेरिकासहित ओमानको सामना गर्नेछ । नेपालले पहिलो खेल ९ जुनमा खेल्ने तालिका छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.