Khabar Board
Flash logo up side
Nirbachan aayog

अमेरिकामाथि यूएईको फराकिलो जित, वित्त अरविन्दले खेले शतकीय पारी

Nirbachan m

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा यूएईले घरेलु टोली अमेरिकालाई हराएको छ । गएराति सम्पन्न खेलमा उसले अमेरिकालाई ८ विकेटले हराएको हो । अमेरिकाले दिएको १९९ रनको लक्ष्य यूएईले ४०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि १९ बर्से विकेटकिपर/ब्याटर वित्त रविन्दले शतकीय पारी खेले । १०८ बल खेलेका उनले १३ चौकाको मद्दतमा अविजित १०२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा भारतीयमूलका अरविन्दको दोस्रो शतक हो । अघिल्लो खेलमा उनले स्कटल्याण्डविरुद्ध ५४ रनको पारी खेल्दै टिमलाई जित दिलाएका थिए ।

त्यस्तै, अमेरिकाविरुद्ध चिराग सुरीले ७३ बलमा १० चौकाको मद्दतमा ६४ रन बनाए । चुन्दगापोयल रिजवान २६ रनमा अविजित रहँदा मोहम्मद वसिम ६ रनमा आउट भए । अमेरिकाका लागि स्टेभन टेलर र अलि खानले एक/एक विकेट लिए ।

त्यसअघि, परल्याण्डस्थित मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४६.३ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनायो । उसका लागि आरोन जोन्सले ११२ बलमा आठ चौका र तीन छक्कासहित ८७ रन बनाए । त्यस्तै, कप्तान मोनांक पटेल ४३ र राहुल जेरीवाला १४ रनमा आउट भए । नोसुतुष केन्जिङ्गे १९ रनमा अविजित रहे ।

Panacea Education

यूएईका लागि जावर फरिदले चार, अहमद राजाले दुई, अकिफ राजा, कासिफ दाउत, बसिल हमीद र कार्तिक मयप्पनले एक/एक विकेट लिए । आईसीसी विश्वकप लिग–२ मा यूएईको यो १२ औं जित हो । अंक तालिकाको तेस्रो स्थानमा रहेको उसले २२ म्याच खेल्दा आठ खेलमा भने हार बेहोरेको छ ।

अमेरिकाले २० म्याचमध्ये ९ मा जित र ११ खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । नेपालले अहिलेसम्म १२ वटा म्याच मात्र खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ ।

अहिले नेपाल १२ अंकसहित तालिकाको छैटौं स्थानमा छ । नेपालले केही दिनमा अमेरिकामा घरेलु टोली र ओमानको सामना गर्दैछ । सिरिजअन्तर्गत नेपालले पहिलो खेल ९ जुनमा खेल्ने तालिका छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.