Khabar Board
Flash logo up side
Nirbachan aayog

अष्ट्रेलियामा आशिष र सुमन एउटै टिममा अनबुन्ध, पहिलो खेलमै गरे गोलको वर्षा

Nirbachan m

काठमाडौं ।

हाल अष्ट्रेलियामा रहेका नेपाली फुटबलरद्वय आशिष लामा र सुमन लामा अनुबन्ध भएका छन् । उनीहरू अष्ट्रेलियाको मेलबर्न स्टेट वान लिग खेल्ने स्ट्राथमोर एफसीमा अनुबन्ध भएका हुन् ।

यति एफसीका उपाध्यक्ष र पूर्वएन्फा रेफ्रीसमेत रहेका सज्जन शर्माका अनुसार आशिष र सुमनले लिगमा राम्रो सुरुवात गरेका छन् । शनिबार मात्र सम्पन्न ह्वाईटलसी एससीविरुद्धको खेलमा उनीहरूआवद्ध स्ट्राथमोर ४–० ले विजयी भएको छ । यो खेलमा आशिषले ह्याट्रिक गरे ।

सुमन राष्ट्रिय टिमको बन्द प्रशिक्षण त्याग्दै केही समयअघि अष्ट्रेलिया गएका थिए । आशिष भने पछिल्लोपटक टिममा थिएनन् । अष्ट्रेलियामा थुप्रै नेपाली राष्ट्रिय फुटबलर छन् । सुमन र आशिषबाहेक एलन न्यौपाने, जगजित श्रेष्ठ र सुलभ मास्के पनि अष्ट्रेलियामा फुटबल खेल्दै आएका छन् ।

हरिकेन्सविरुद्ध नेपाल विजयी, रोहितले खेले शतकीय पारी

अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित प्राप्त गरेको छ । टोलीले आज बिहान सम्पन्न दोस्रो एकदिवसीय अभ्यास खेलमा ह्युस्टन हरिकेन्सविरुद्ध २९ रनको जित प्राप्त गरेको हो । पहिलो खेलमा नेपाल नेपाली अल स्टार्सविरुद्ध ४ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा टसमा हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २ सय ५० रन बनायो । नेपालका कप्तान रोहितकुमार पौडेलले शानदार शतकीय पारी खेले । ९० बलमा ५ चौका र ४ छक्का हिर्काएका उनले १०१ रन बनाए ।

रोहितले ८९ बलमा शतक पूरा गरे । उनी रोहित ३९ औं ओभरको दोस्रो बलमा रनआउट हुन पुगे । त्यस्तै, उनले आरिफ शेखसँग पाँचौं विकेटका लागि १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए । आरिफले ६३ बलमा ३ चौकासहित ४१ रनको योगदान दिए ।

दीपेन्द्रसिंह ऐरी २४, सुनिल धमला १३, देव खनाल १९, करण केसी १२, सुशान भारी पाँच, विनोद भण्डारी चार र कुशल भुर्तेल एक रनमा आउट भए । हरिकेन्सका लागि मोहम्मद इलियासले १० ओभरमा ६४ रन खर्चदै सर्वाधिक पाँच विकेट हात पारे ।

नेपालले दिएको २५१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको हरिकेन्स ४३.३ ओभरमा २ सय २१ मै अलआउट भयो । उसका लागि निनाद निम्बालकरले ८१ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ९९ रन बनाए । शतक बनाउन एक रनले टाढा रहेका उनलाई सोमपाल कामीले बोल्ड गरे । बलिङमा सोमपाल कामीले ८.३ ओभरमा ३८ रन दिएर ५ विकेट लिए । किशोर महतो, सागर ढकालले दुई/दुई विकेट हात पारे ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.