Khabar Board
Flash logo up side
Nirbachan aayog

कृष्ण पाण्डेले हिर्काए ६ बलमा ६ छक्का, यद्यपि टिम भने पराजित [भिडियोसहित]

Nirbachan m

काठमाडौं ।

अन्तर्राष्ट्रिय होस् वा घरेलु क्रिकेट ६ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो कुरा हो। फेरि पनि यस्तै केही भएको छ । एक भारतीय युवा ब्याटरले घरेलु क्रिकेटमा ६ बलमा ६ छक्का हिर्काएका छन् । पोन्डिचेरीमा भएको टी–१० प्रतियोगितामा कृष्ण पाण्डेले ६ बलमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।

प्रतियोगितामा प्याट्रियट्सबाट खेलिरहेका पाण्डेले १९ बलमा ८३ रनको शानदार इनिङ्स खेले । त्यसक्रममा उनले ६ बलमा ६ छक्का हिर्काउन सफल भए । आफ्नो पारीमा कृष्णले १२ छक्का हिर्काए । यसका बाबजुद उनको टोली भने पराजित भयो ।

तुफान रोयल्सले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कृष्णले शानदार पारी खेलेका थिए । त्यसअगाडि पहिला ब्याटिङ गरेको रोयल्सका लागि आर रघुपतिले ३० बलमा ८४ रन बनाएका थिए ।

अमेरिकामाथि यूएईको फराकिलो जित, वित्त अरविन्दले खेले शतकीय पारी

आईसीसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा यूएईले घरेलु टोली अमेरिकालाई हराएको छ । गएराति सम्पन्न खेलमा उसले अमेरिकालाई ८ विकेटले हराएको हो । अमेरिकाले दिएको १९९ रनको लक्ष्य यूएईले ४०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि १९ बर्से विकेटकिपर/ब्याटर वित्त रविन्दले शतकीय पारी खेले । १०८ बल खेलेका उनले १३ चौकाको मद्दतमा अविजित १०२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा भारतीयमूलका अरविन्दको दोस्रो शतक हो । अघिल्लो खेलमा उनले स्कटल्याण्डविरुद्ध ५४ रनको पारी खेल्दै टिमलाई जित दिलाएका थिए ।

त्यस्तै, अमेरिकाविरुद्ध चिराग सुरीले ७३ बलमा १० चौकाको मद्दतमा ६४ रन बनाए । चुन्दगापोयल रिजवान २६ रनमा अविजित रहँदा मोहम्मद वसिम ६ रनमा आउट भए । अमेरिकाका लागि स्टेभन टेलर र अलि खानले एक/एक विकेट लिए ।

त्यसअघि, परल्याण्डस्थित मुसा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ४६.३ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनायो । उसका लागि आरोन जोन्सले ११२ बलमा आठ चौका र तीन छक्कासहित ८७ रन बनाए । त्यस्तै, कप्तान मोनांक पटेल ४३ र राहुल जेरीवाला १४ रनमा आउट भए । नोसुतुष केन्जिङ्गे १९ रनमा अविजित रहे ।

यूएईका लागि जावर फरिदले चार, अहमद राजाले दुई, अकिफ राजा, कासिफ दाउत, बसिल हमीद र कार्तिक मयप्पनले एक/एक विकेट लिए । आईसीसी विश्वकप लिग–२ मा यूएईको यो १२ औं जित हो । अंक तालिकाको तेस्रो स्थानमा रहेको उसले २२ म्याच खेल्दा आठ खेलमा भने हार बेहोरेको छ ।

अमेरिकाले २० म्याचमध्ये ९ मा जित र ११ खेलमा हारको सामना गरेको छ । ऊ अंक तालिकाको चौथो स्थानमा छ । नेपालले अहिलेसम्म १२ वटा म्याच मात्र खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ ।

अहिले नेपाल १२ अंकसहित तालिकाको छैटौं स्थानमा छ । नेपालले केही दिनमा अमेरिकामा घरेलु टोली र ओमानको सामना गर्दैछ । सिरिजअन्तर्गत नेपालले पहिलो खेल ९ जुनमा खेल्ने तालिका छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.