काठमाडौं ।
अनुभवी विकेटकिपर/ब्याट्सम्यान सुवास खकुरेललाई आसन्न आईसीसी टी–२० विश्वकपअन्तर्गत अमेरिकामा खेल्ने सिरिजका लागि टिममा बोलाइएको छ । ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल अभ्यास म्याचका क्रममा घाइते भएपछि सुवासलाई टिममा बोलाइएको हो ।
उनी एक/दुई दिनमै अमेरिका जानेछन् । विश्वकप लिग–२ अन्तर्गतको शृंखला जेठ २६ देखि सुरु हुँदैछ । नेपालले जेठ २६ गते ओमान, २८ गते अमेरिका, ३१ गते ओमान र असार १ गते अमेरिकाविरुद्द खेल्दैछ ।
अहिलेसम्म विश्वकप लिग–२ मा नेपालले १२ वटा म्याच मात्र खेलेको छ । जसमा नेपालले ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल १२ अंकसहित तालिकाको छैटौं स्थानमा छ । नेपालले केही दिनमा अमेरिकामा घरेलु टोली र ओमानको सामना गर्दैछ । सिरिजअन्तर्गत नेपालले पहिलो खेल ९ जुनमा खेल्ने तालिका छ ।
नेपाल टिम : सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), सुवास खकुरेल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, आरिफ शेख, विनोद भण्डारी, सुनील धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, सागर ढकाल र किशोर महतो ।
