Khabar Board
Flash logo up side
Nirbachan aayog

लामो समयपछि मैदान फर्किए बाबर हायात, छक्काको वर्षा गर्दै खेले आक्रामक पारी

Nirbachan m

काठमाडौं ।

लामो समयपछि राष्ट्रिय टिममा फर्किएका हङकङका आक्रामक ब्याटर बाबर हायातले उत्कृष्ट पारी खेलेका छन् । उनले नामिबियासँगको अनौपचारिक एकदिवसीय खेलमा अर्धशतकीय पारी खेलेका हुन् । ७० बलको सामना गरेको हायातले चार छक्का र दुई चौकासहित ५४ रन बनाए ।

निकै सुस्त गतिमा सुरूवात गरेका बाबरले विस्तारै आक्रामक रूप देखाए । उनले २०१८ यता कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । हालसम्म २४ टी–२० र १२ एकदिवसीय म्याच खेलका बाबरले १३ सयभन्दा बढी रन बनाएका छन् ।

उनी नेपाली घरेलु क्रिकेटमा पनि परिचित छन् । उनले नेपालको धेरै क्रिकेट लिग पनि खेलिसकेका छन् । पहिलो अनौपचारिक एकदिवसीय खेलमा नामिबियाले दिएको ३३२ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले २८ ओभरमा २ विकेट गुमाएर ११७ रन बनाएको छ ।

कृष्ण पाण्डेले हिर्काए ६ बलमा ६ छक्का, यद्यपि टिम भने पराजित

Panacea Education

अन्तर्राष्ट्रिय होस् वा घरेलु क्रिकेट ६ बलमा लगातार ६ छक्का प्रहार गर्नु ठूलो कुरा हो। फेरि पनि यस्तै केही भएको छ । एक भारतीय युवा ब्याटरले घरेलु क्रिकेटमा ६ बलमा ६ छक्का हिर्काएका छन् । पोन्डिचेरीमा भएको टी–१० प्रतियोगितामा कृष्ण पाण्डेले ६ बलमा लगातार ६ छक्का प्रहार गरेका हुन् ।

प्रतियोगितामा प्याट्रियट्सबाट खेलिरहेका पाण्डेले १९ बलमा ८३ रनको शानदार इनिङ्स खेले । त्यसक्रममा उनले ६ बलमा ६ छक्का हिर्काउन सफल भए । आफ्नो पारीमा कृष्णले १२ छक्का हिर्काए । यसका बाबजुद उनको टोली भने पराजित भयो ।

तुफान रोयल्सले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा कृष्णले शानदार पारी खेलेका थिए । त्यसअगाडि पहिला ब्याटिङ गरेको रोयल्सका लागि आर रघुपतिले ३० बलमा ८४ रन बनाएका थिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.