Khabar Board
Flash logo up side
Nirbachan aayog

‘भाग्य’ले साथ दिँदा युक्रेनलाई हराउँदै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

Nirbachan m

काठमाडौं ।

वेल्स कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । घरेलु टाेली वेल्सले युराेपेली छनोटअन्तर्गत गएरातिको प्लेअफ फाइनलमा युक्रेनलाई १-० ले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेकाे हो । कार्डिफ सिटी स्टेडियममा खेलको ३४ औं मिनेटमा युक्रेनका एन्ड्री यार्मोलेन्कोले गरेकाे आत्मघाती गोल नै वेल्सलाई दोस्राेपटक विश्वकप पुर्याउन पर्याप्त बन्याे ।

उनले ग्यारेथ बेलको फ्रिकिकलाई बचाउन खाेज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेको थिए । याे जितसँगै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको छ । उसले पछिल्लाेपटक सन् १९५८ मा विश्वकप खेलेकाे थियाे । वेल्स, इंग्ल्याण्ड, अमेरिका र इरानसँगै समूह `बी´ मा रहने छन् ।

एस्टोनियाविरुद्ध अर्जेन्टिनाको फराकिलो जित, मेस्सीले गरे गोलको वर्षा

Panacea Education

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एस्टोनियाविरुद्ध अर्जेन्टिना ५–० ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सी एक्लै पाँच गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेका उनले दोस्रो हाफमा तीन गोल थपे । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेसीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका हुन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.