Khabar Board
Flash logo up side
Nirbachan aayog

जिम्बाब्वेमाथि अफगानिस्तानको ऐतिहासिक जित, २० वर्षीय जाद्रानले खेले १२० रनको पारी

Nirbachan m

काठमाडौं ।

जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिज पाहुना टोली अफगानिस्तानले एक खेल अगावै जितेको छ । सोमबार भएको दोस्रो खेलमा जिम्बाब्वेलाई ८ विकेटले हराउँदै सिरिज तीन म्याचको सिरिज एक खेल अगावै जितेको हो । एकदिवसीय इतिहासमा जिम्बाब्वेविरुद्ध अफगानिस्तानको यो ऐतिहासिक जित पनि हो ।

यसअघि अफगानिस्तानले जिम्बाब्वेलाई ८ विकेटले हराएको थिएन । सिरिजको दोस्रो खेलमा जिम्बाब्वेले दिएको २२९ रनको लक्ष्य अफगानिस्तानले ४४.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि ओपनिङ ब्याटर इब्राहिम जाद्रानले शतकीय पारी खेले । १४१ बलको सामना गरेका उनले १६ चौकाको मद्दतमा अविजित १२० रन बनाए ।

२० वर्षीय जाद्रानको यो करियरकै पहिलो शतक हो । त्यस्तै, रहमत साहले ११२ बलमा नौ चौकाको सहयोगमा ८८ रनको याृगदान दिए । रहमानुल्लाह गुर्बाज चार रनमा आउट हुँदा कप्तान हशसमतुल्लाह शाहिदी एक रनमा आविजित रहे । जिम्बाब्वेका लागि डोनाल्डो ट्रिपानो र ब्लेसिङ मुजबानीले एक/एक विकेट लिए ।

Panacea Education

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको जिम्बाब्वेले ५० ओभरमा सबै विकेट गुमाएर २२८ रन बनायो । उसका लागि इनोसेन्ट कियाले ६२, रियान बर्लले अविजित ५१, सिकन्दर राजाले ४०, क्रेग इभर्नले ३२ र वेस्ले मधेभर्नेले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि फरीद अहमदले तीन, राशिद खान, मोहम्मद नाबी र फजलहक फारुकीले एक/एक विकेट लिए । अफगानिस्तान र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल ९ जुनमा हुनेछ । एकदिवसीयपछि दुवै टिमले तीन खेलकै टी–२० सिरिज खेल्नेछन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.