Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै

Nirbachan m

काठमाडौं ।

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ । मलेसियाको युकेएम ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । थाइल्याण्डले सुरुआतमा ब्याटिङ गर्नेछ ।

नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।

तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Panacea Education

थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.