काठमाडौं ।
आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई जितका लागि ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुएर ८९ रन जोड्यो ।
थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ तथा सुवानन खिओतोले १६ रन बनाईन् । नेपालकी मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले २/२ विकेट लिईन् । स्नेहा महराको नाममा एक विकेट रह्यो ।
नेपाल आज तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्लो तीन खेलमा नेपालले दुई जित र एक हार व्यहोरेको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो।
तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
थाइल्याण्ड लगातार चौंथो जित निकाल्ने योजनामा रहेको छ । थाइल्याण्डले अघिल्ला तीन खेलमा लगातार जित निकालेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।