Khabar Board
Flash logo up side
Nirbachan aayog

अष्ट्रेलियाविरुद्ध सस्तैमा समेटियो श्रीलंका, हेजलउड र स्टार्कले गरे घातक बलिङ

Nirbachan m

काठमाडौं ।

टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई १२९ रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले १९.३ ओभरमा सबै विकेट गुमाएर १२८ रन बनायो । उसका लागि चरिथा अशलंकाले ३८, पथुम निशंकाले ३६, धनुष्का गुणतिलकाले २६ र वानिन्दु हसरंगाले १७ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । श्रीलंकालाई कम स्कोरमै रोक्न जोस हेजलउडले शानदार बलिङ गरे । चार ओभरमा १६ रन दिएका उनले महत्वपूर्ण ४ विकेट लिए । त्यस्तै, मिचेल स्टार्कले ४ ओभरमा २६ रन दिएर तीन विकेट हात पारे । केन रिचडर्सनले ३.३ ओभरमा २२ रन दिएर एक विकेट लिए ।

ब्याटिङ नचल्दा नेपालको अर्को फराकिलो हार

नेपालले आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा दोस्रो पराजय बेहोरेको छ । ऊ मंगलबार थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो पराजयसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ४० रन मात्र बनाउ सक्यो । उसका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

Panacea Education

नेपालका लागि सृष्टि जैसीले अविजित सात, साना प्रविनले ६, अनु कडायतले पाँच, अञ्जली विश्वकर्मा, मनिषाकुमारी उपाध्यय र कप्तान कृतिका मरासनीले तीन/तीन तथा रञ्जु श्रेष्ठ र स्नेहा महराले एक/एक रनको योगदान दिए । थाइल्याण्डका लागि नान्थिता बुन्सुखमले तीन तथा पोर्नापा सेहोइ र थान्यालक चुम्नानले एक/एक विकेट लिए ।

यसअघि मलेसियाको युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८९ रन बनाएको थियो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले २०, बान्थिदा लेप्हाथानाले १९, सुवान्न खिओतोले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान कृतिका मरासनी र मनिषा कुमारी उपाध्यायले दुई/दुई तथा स्नेहा महराले एक विकेट लिए । यो पराजयसँगै नेपालको चार खेलमा चार अंक रहँदा लगातार चौथो जित निकालेको थाइल्याण्डले आठ अंक जोडेको छ । यसअघि कतारलाई ७९ रनले हराएको नेपालले युएईसँग १० विकेटको फराकिलो पराजय बेहोर्दा भुटानमाथि चार विकेटको जित निकालेको थियो । अब नेपालले आफ्नो अन्तिम खेलमा बिहिबार मलेसियाको सामना गर्नेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.