ऋषभ पन्त बने भारतीय टी-२० टिमको कप्तान, बाहिरिए राहुलसहित २ स्टार खेलाडी

Image

काठमाडौं ।

केएल राहुल र कुलदीप यादव चोटका कारण दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको टी–२० सिरिजबाट बाहिरिएका छन् । रोहित शर्माको अनुपस्थितिमा टोलीको कप्तान चुनिएका राहुलको दाहिने कम्मरमा चोट लागेको छ । त्यस्तै, पहिलो खेल खेलिने दिल्लीको फिरोज शाह कोटलामा नेटमा ब्याटिङ गर्ने क्रममा कुलदीपको दाहिने हातमा चोट लागेको थियो।

ऋब राहुलको अनुपस्थितिमा उपकप्तान ऋषभ पन्तले टोलीको नेतृत्व गर्नेछन् । भर्खरै गुजरात टाइटन्सलाई आईपीएल आईपीएलको उपाधि दिलाएका हार्दिक पाण्ड्याले उपकप्तानको जिम्मेवारी सम्हाल्नेछन् ।

भारतका सबै फर्म्याटका नियमित कप्तान रोहितलाई शृङ्खलाका लागि विश्राम दिएपछि राहुललाई कप्तान नियुक्त गरिएको थियो। विराट कोहलीलाई पनि विश्राम दिएपछि भारतीय टिमलाई केही धक्का लागेको छ ।

ऋतुराज गायकवाड, इशान किशन र वैंकटेश अय्यर ओपनिङ ब्याटरको मुख्य विकल्प हुनेछन् । दीपक हूडा र श्रेयस अय्यर शीर्ष–अर्डर विकल्प छन्। भारत–दक्षिण अफ्रिकाबीचको सिरिज भोलिबाट सुरु हुँदैछ ।

भरतीय टोली : ऋषभ पन्त (कप्तान, विकेटकीपर), हार्दिक पाण्डेय (उपकप्तान), रुतुराज गायकवाड, इशान किशन, दीपक हुडा, श्रेयस अय्यर, दिनेश कार्तिक, वैंकटेश अय्यर, युजवेन्द्र चहल, अक्षर पटेल, रवि बिश्नोई, भुवनेश्वर कुमार, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक ।