शतक बनाएका बाबरले आफूले पाएको ‘प्लेयर अफ द म्याच’ अवार्ड दोस्रो खेलाडीलाई दिए

Image

काठमाडौं ।

वेस्ट इण्डिजविरुद्ध मुल्तानमा भएको पहिलो एकदिवसीय खेलमा शतकीय पारी खेलेका पाकिस्तानका कप्तान बाबर आजमले आफ्नो प्लेयर अफ द म्याचको अवार्ड खुशदिल साहलाई हस्तान्तरण गरेका छन् । अन्ततः साहले उत्कृष्ट ब्याटिङ गर्दै पाकिस्तानलाई जित दिलाएका थिए । आक्रामक ब्याटिङ गर्दै खेल जिताएकाले बाबरले खुसदिललाई ‘म्यान अफ द म्याच’ को अवार्ड दिए ।

वेस्ट इन्डिजलाई पहिलो एकदिवसीयमा ५ विकेटले पराजित गर्दै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । जवाफमा खेल्दै पाकिस्तानले ४ बल बाँकी रहँदै ५ विकेटमा ३०६ रन बनाएर खेल जित्यो । बाबरले एकदिवसीय क्रिकेटमा १७ औं शतक बनाए । उनले १०७ बलमा १०३ रनको इनिङ खेलेर आफ्नो टोलीलाई जित दिलाए ।

त्यसपछि खुसदिल साह आएर आक्रामक ब्याटिङ गरे । उनले २३ बलमा अविजित ४१ रन बनाएर पाकिस्तानलाई ४ बल बाँकी रहँदै जित दिलाए । साहले आक्रामक पारी नखेलेको भए पाकिस्तानले खेल गुमाउने पनि थियो ।

खेल सकिएपछि बाबरले भनेका छन्, ‘खुसदिल शाहले धेरै राम्रो खेले । तपाईंले खेललाई गहिरो लिनुपर्छ ताकि फिनिशरहरूमा धेरै दबाब नपरोस्। यो विकेटमा ब्याटिङ गर्न सजिलो थिएन । श्रेय बलरलाई जान्छ । शादाब खान आए र राम्रो बलिङ गरे। फिल्डिङमा उनले बनाएको मापदण्ड प्रशंसनीय छ ।’