एउटै खेलमा ५९ गोल, ‘म्याच फिक्सिङ’ गरेकाे आरोपमा लाग्यो प्रतिबन्ध

Image
फाइल तस्बिर

काठमाडौं ।

दक्षिण अफ्रिकाको चौथो श्रेणीका चार फुटबल क्लबमाथि आजीवन प्रतिबन्ध लागेको छ । एक क्लबले एउटै खेलमा ४१ आत्मघाती गोल गरेपछि चार क्लबमाथि म्याच फिक्सिङ गरेको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको हो । अफ्रिकी फुटबल क्लवहरू माटियासी, शिभुलानी डेन्जरस टाईगर्स, कोटोको ह्यापी ब्वाइज र नासामी माइटी बड्सलाई आजीवन प्रतिबन्ध लगाइएको हो ।

तालिकाको शीर्ष स्थानका प्रतिद्वन्द्वीहरू माटियासी फुटबल क्लब र शिभुलानी डेन्जरस टाइगर्सबीचको खेलमा अप्रत्याशित स्कोर देखिएको थियो । जहाँ टाइगर्सले कोको ह्यापी ब्वाइजलाई ३३–१ को नतिजामा पराजित गरेको थियो । माटायासी माइटी बड्ससँग ५९–१ गोलको नतिजामा पराजित भएको थियो ।

‘हाम्रो अनुसन्धानले माटियासी र नासामी मिलेर शिभुलानीलाई रोक्न चाहन्थे । त्यतिबेला शिभुलानी तीन अंकको अग्रता र १६ गोल अन्तरका साथ तालिकाको शीर्ष स्थानमा थियो र शीर्ष लिगमा बढुवा हुने पक्का जस्तै थियो । त्यसैले उनीहरुले यो हुन नदिन म्याच फिक्सिङ गर्ने सहमति गरे’, मोपानी क्षेत्रका अध्यक्ष भिनसेन्ट रामफागोले बीबीसी स्पोर्ट्स अफ्रिकासँग भने ।

पहिलो हाफमा माटियासीले २२–० को अग्रता लिइरहेको थाहा पाएपछि शिभुलानीले कोटोको ह्याप्पी बोइजसँग मिल्यो । उक्त क्लबका खेलाडीहरू खेल सकिनुअघि नै मैदान छाडेर बाहिर आएपछि उक्त टोलीबाट सात जनाले मात्रै खेले । मैदानबाहिर आएका खेलाडीहरूले आफूहरू थकित भएर खेल्न नसकेको बताएका थिए ।