Khabar Board

नेपालको मध्यम बलिङ प्रदर्शन, करणले लिए सर्वाधिक महत्वपूर्ण विकेट

काठमाडौं ।

नेपालले आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध मध्यम बलिङ प्रदर्शन गरेको छ । मुसा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १६ रन बनाएको छ । अमेरिका गजानन्द सिंह ४ र साइतेजा मुक्कामल्ला ७ रनमा अविजित छन् ।

तीव्र गतिका बलर करण केसीको पहिलो ओभरको पाँचौं बलमा बायाँ हाते ओपनर स्टिभन टेलर एज लागेर स्लिपमा वैकल्पिक फिल्डर सुनिल धमलाबाट एक रनमा क्याच आउट भए ।

यसअघि टेलरले पहिलो खेलमा नेपालविरुद्ध १ सय १४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । करणले नै तेस्रो ओभरको पाँचौं बलमा कप्तान मोनांक पटेललाई चार रनमा क्याच गराए । पटेल कभरमा आदिल अन्सारीबाट उत्कृष्ट क्याच आउट भएपछि अमेरिका ८-२ को अवस्थामा पुगेको थियो ।

पहिलो खेलमा टाई हुँदा टेलर र मोनांक पटेलले दोस्रो विकेटका लागि नेपालविरुद्ध दुई सय रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । खराब सुरुवात गरेको अमेरिकालाई तेस्रो विकेटका लागि सुशान्त मोदानी र आरोन जोन्सले ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

दीपेन्द्रसिंह ऐरीले २५ औं ओभरको पहिलो बलमा जोन्सलाई विकेटकिपर आसिफ शेखबाट ४३ रनमा क्याच गराउँदै साझेदारी तोडे । जोन्सले ६० बलमा ३ चौका प्रहार गरे । सन्दीप लामिछानेको बलमा सुशान्त देव खनालबाट ५४ रनमा क्याच भए । सुशान्तले ८३ बलमा ७ चौका प्रहार गरे ।

यो पनि : अमेरिकाविरुद्ध पनि नेपालको उत्कृष्ट सुरुवात, करणले लिए सर्वाधिक महत्वपूर्ण विकेट

यो पनि : अमेरिकाविरुद्ध करणको शानदार बलिङ, लिए कप्तानको विकेट

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.