Khabar Board
Flash logo up side
flash header

भारतमाथि इंग्ल्याण्डको ऐतिहासिक जित, यी खेलाडी बने जितका ‘हिरो’

Nirbachan m

काठमाडौं ।

भारतविरूद्धको पाँचौ टेस्टमा घरेलु टिम इंग्ल्यान्ड विजयी भएको छ। मंगलबार सम्पन्न टेस्टमा इंग्ल्यान्डले भारतलाई ७ विकेटले पराजित गर्‍यो।

यससँगै पाँच खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ। यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो। दोस्रो टेस्टमा भारत र तेस्रो टेस्टमा इंग्ल्यान्ड विजयी भएका थिए। चौथो टेस्टमा भारतले जित निकाल्दै सिरिजमा २-१ को अग्रता लिएको थियो।

पाँचौ टेस्टमा भारतले दिएको ३७८ रनको लक्ष्य इंग्ल्यान्डले मंगलबार ३ विकेटको क्षतिमा पूरा गर्‍यो। यो लक्ष्य इंग्ल्यान्डले टेस्टमा पूरा गरेको अहिलेसम्मकै ठूलो हो।

यसअघि इंग्ल्यान्डले अस्ट्रेलियाविरूद्ध सन् २०१९ मा ३५९ रनको लक्ष्य पूरा गरेको थियो। यता पाँचौ टेस्टमा जित हात पारेसँगै इंग्ल्यान्डले भारतलाई सन् २००७ पछि इंग्लिस भूमीमा सिरिज जित्नबाट रोकेको छ।

Center article

इंग्ल्यान्डलाई पाँचौ टेस्टमा जित दिलाउन जोए रुट र जोनी बार्यस्टोले शतक प्रहार गरे। दुवै जना नटआउट रहे। रुटले १४२ रन र बार्यस्टोले ११४ रनको योगदान गरे।

त्यसअघि एलेक्स लीस ५६ रन र ज्याक क्रली ४६ रनमा आउट भएका थिए। ओली पोप भने शून्यमा आउट भए। दोस्रो इनिङ्ग्समा भारत २४५ रनमा अलआउट भएपछि इंग्ल्यान्डले ३७८ रनको लक्ष्य पाएको थियो।

दोस्रो इनिङ्ग्समा भारतका लागि चेतेश्वर पुजाराले ६६ रन र रिशव पन्तले ५७ रन जोडे। बलिङमा इंग्ल्यान्डका बेन स्टोक्सले ४ विकेट लिएका थिए। त्यसअघि पहिलो इनिङ्ग्समा भारतले ४१६ रन जोड्दा इंग्ल्यान्ड २८४ रनमा अलआउट भएको थियो।

पहिलो इनिङ्ग्समा भारतका लागि ब्याटिङमा रिशव पन्तले १४६ रन र रविन्द्र जडेजाले १०४ रन जोडेका थिए। इंग्ल्यान्डका लागि बार्यस्टोले १०६ रन जोडेका थिए। बलिङमा भारतका मोहमद सिराजले ४ विकेट र जसप्रित बुमराहले ३ विकेट लिएका थिए। इंग्ल्यान्डका लागि जेम्स एन्डर्सनले ५ विकेट लिएका थिए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.