किन गर्‍यो भारतीय टोलीमाथि आईसीसीकोले कारबाही, यस्तो छ कारण

Image

काठमाडौं।

इंग्ल्याण्डसँगको पाँचौं टेष्टमा लज्जास्पद हार बेहोरेको भारतीय टिमलाई कारबाही गरिएको छ। आईसीसीले भारतीय टोलीलाई कारबाही गरेको हो। स्लो ओभर रेटका कारण भारतीय टोलीलाई कारबाही गरिएको बताइएको छ।

भारतले निर्धारित समयभन्दा दुई ओभर ढिलो गरेको थियो। विश्व टेस्ट च्याम्पियनसिपमा भारतीय टोलीले सजायको रूपमा दुई अंक घटाइएको छ। यसका साथै खेलाडीहरूलाई म्याच शुल्कको ४० प्रतिशत जरिवाना पनि लगाइएको छ।

अंक घटाएपछि भारतीय टोली विश्व टेस्ट च्याम्पियनसिपको चालू संस्करणमा पाकिस्तानभन्दा तल चौथो स्थानमा झरेको छ। पाकिस्तानको ४४ अंक छ। उसको विजयी प्रतिशत ५२.३८ छ भने भारतीय टोलीको ७५ अंक छ तर विजयी प्रतिशत ५२.०८ छ।

म्याच रेफ्री डेभिड बुनले भारतविरुद्ध कारबाही गरेका हुन्। हालको विश्व टेस्ट च्याम्पियनसिपमा भारतीय टोलीले स्लो ओभर रेटका कारण तेस्रो पटक अंक गुमाउनु परेको छ। यसअघि नटिङ्घममा भएको सेन्चुरियन टेस्टमा भारतीय टोलीले दुई अंक र एक अंक गुमाएको थियो।

आईसीसीको आचार संहिताको धारा २.२२ अनुसार न्यूनतम ओभर–रेटको अपराधसँग सम्बन्धित छ। खेलाडीहरूले तोकिएको समयमा बलिङ गर्न नसकेमा प्रत्येक ओभरको लागि म्याच शुल्कको २० प्रतिशत जरिवाना गरिन्छ।

यो पनि : भारतमाथि इंग्ल्याण्डको ऐतिहासिक जित, यी खेलाडी बने जितका ‘हिरो’