Khabar Board
Flash logo up side
flash header

६ वर्ष यताकै विराट कोहलीको खराब वरीयता

Nirbachan m

काठमाडौं ।

भारतका पूर्वकप्तान विराट कोहलीको टेस्ट वरीयता पछिल्लो समय लगातार खस्किरहेको छ। मंगलबार पाँचौ टेस्टमा घरेलु टिम इंग्ल्यान्डसँगको हारपछि त कोहलीको वरीयता पछिल्लो ६ वर्ष यतकै खराब अवस्थामा आइपुगेको छ।कोहली ब्याट्सम्यानको टेस्ट वरीयतामा शीर्ष १० मा समेत पर्न असफल भएका छन्।

करिब ६ वर्षपछि कोहली टेस्ट वरीयतामा शीर्ष १० मा नपरेको पहिलोपटक हो। कोहली विगत तीन वर्षदेखि शतकको प्रतिक्षामा छन्, उनी इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिज पनि असफल रहे। पछिल्लो टेस्ट वरियतामा कोहली १३ औं स्थानमा पुगेका छन्। यसपटक भने उनी चार स्थान झरेका छन्।

लामो समयसम्म टेस्ट क्रिकेटमा राज गरेका कोहली अहिले रनका लागि संघर्ष गरिरहेका छन्, जसको प्रभाव तथ्याङ्कमा स्पष्ट देखिन्छ। कोहली टेस्ट वरीयतामा २०१८ मा नम्बर १ मा पुगेका थिए, त्यतिबेला उनको रेटिङ ९३७ थियो। अहिले कोहली १३ नम्बरमा पुगेका छन्, उनको रेटिङ ७१४ छ।

Center article

हाल इङ्ल्यान्डका पूर्व कप्तान जो रुट वरियताको नम्बर १ मा छन्, उनको रेटिङ ९२३ छ। शीर्ष दशमा भारतका दुई खेलाडी छन्। रिशव पन्त पाँचौ स्थानमा छन् भने रोहित शर्मा नवौं स्थानमा छन्।

कोहली लामो समयदेखि औसत फर्ममा दौडिरहेका छन्। सन् २०१९ मा उनको ब्याटबाट अन्तिम शतक बनेको थियो। त्यसयता उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि शतक बनाउन सकेका छैनन्। त्यसयता कोहलीले करिब ७५ अन्तर्राष्ट्रिय इनिङ्स खेलेका छन्, जसमा उनको औसत ३६ मात्रै रहेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.