Khabar Board
Flash logo up side
Nirbachan aayog

नवौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको पहिलो बैठकले गर्‍यो यी ८ निर्णय

Nirbachan m

काठमाडौं ।

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मिति मै सम्पन्न हुने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बताएका छन्।

शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मूल आयोजक समितिको पहिलो बैठकमा मन्त्री अथकले तोकिएको मितिमै प्रतियोगिता संचालन हुने बताए।

‘प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता संचालन गर्नेछौं। उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता संचालन हुनेछ। त्यसले खेलाडीलाई झनै खुशी दिनेछ” मन्त्री अथकले भने, ‘मौसमविज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ।’

मन्त्री अथकले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए।

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले शुक्रबार मूल आयोजक समितिको पहिलो बैठक बोलाएका हुन्।

बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषदका सदस्यसचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएनका प्रतिनिधिको सहभागीता रहेको थियो। प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागिता जनाउनेछन्।

बैठकले प्रतियोगितालाई सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ। मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो। जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता संचालन गर्ने, प्रतियोगिता संचालन तथा ब्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने लगाएतका निर्णय रहेका छन्।

पहिलो बैठकका मुख्य निर्णयहरू :
१) आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने।
२) प्रतियोगिता संचालनका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिवको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने।
३) १४ वटा उपसमिति गठन गर्ने।
४) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने।
५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्पर्धा गराउने ।
६) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मूख्य ट्रफी निर्माण गरिने र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेश टुरमा लैजाने।
७) लगातार तीन वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरीने ।
८) प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.