Khabar Board
Flash logo up side
flash header

करण केसी नेपालको प्लेइङ-११ बाट बाहिर

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा एक परिवर्तन गर्ने क्रममा करण केसीलाई बाहिर राखेको छ ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो फिल्डिङ गर्ने भएको छ। नामिबियाका कप्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङको मौका पाएको हो। स्कटल्यान्डमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल तेस्रो खेल खेल्दैछ । यसअघि २ खेलमा नेपालले १ जित र १ हार बेहोरेको छ । दुवै खेलमा नेपालको बलिङ प्रदर्शन उत्कृष्ट रहेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । तर त्यसपछि नेपालले घरेलु टोली स्कटल्यान्डलाई पहिलो पटक हराउँदै इतिहास रचेको छ । उक्त जितपछि नेपाल उच्च मनोबलका साथ नामिबियासँग उत्रनेछ ।

आजको खेलमा नेपालले तीव्र गतिका बलर करण केसीलाई बाहिर राखेको छ । उनको स्थानमा पवन सर्राफले टोलीमा स्थान बनाएका छन् । करणले आइसीसी विश्वकप लिग-२ मा पहिलो पटक कुनै खेल गुमाएका हुन् । करण र सन्दीपले लिग-२ सिरिजको हालसम्म भएका सबै खेल खेलेका थिए ।

Center article

करणले हालसम्म यस प्रतियोगितामा १८ खेलमा ३७ विकेट लिएका छन् । सन्दीपले पनि १८ खेलमा समान ३७ विकेट नै लिएका छन् । यी दुईपछि नेपालबाट सर्वाधिक विकेट लिने सोमपाल कामी छन् । उनले १४ खेलमा २० विकेट हात पारेका छन् ।

पवनले लिग-२ अन्तर्गत यसअघि यूएई र पपुवा न्युगिनी विरुद्ध खेलेका थिए । त्यसबाहेक उनले कुल ७ ओडीआई खेलेका छन् । स्पिन अलराउन्डर पवन टोलीमा फरक-फरक भूमिकामा रहेका छन् ।

नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, पवन सर्राफ, सोमपाल कामी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

यो पनि : नेपालले नामिबियाविरूद्ध टस हारेर फिल्डिङ गर्ने

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.