Khabar Board
Flash logo up side
flash header

साफ यू–२० च्याम्पियनसिप; आयुष घलानले नेपाली यू-२० टिमको कप्तानी गर्ने

Nirbachan m

काठमाडौं ।

साफ यू–२० च्याम्पियनसिप सहभागिता जनाउन नेपाल टोली शुक्रबार भारत जाने भएको छ। एन्फाले शुक्रबार गर्ने विदाई कार्यक्रममा सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलानलाई यू-२० टिमको कप्तान घोषणा गर्दैछ।

नेपालको लक्ष्य उपाधि जित्ने रहेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले राम्रो नतिजा ल्याउने ‍दाबि गरेका छन्। जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदैछन्।

Center article

नेपालले च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।

नेपाली टिम : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख (गोलकिपर), अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा (डिफेन्डर), दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (मिडफिल्डर). रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी (फरवार्ड)

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.