काठमाडौं ।
सन् २०२४ को आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा छनोट हुन नेपाललाई केही सहज देखिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) २०२४ को विश्वकपमा सहभागी राष्ट्रको संख्या बढाएसँगै नेपालको छनोट हुने सम्भावना बढेको हो । सन् २०२४ को विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने छन् । टी-ट्वान्टी विश्वकप-२०२४ वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दै छन् ।
यस्तो रहनेछ छनोटको प्रकृया :
आयोजकका रुपमा वेस्ट इन्डिज र अमेरिका छनोट भईसकेका छन् । यसै वर्ष अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आईसीसी टी-ट्वान्टी विश्वकप २०२२ अस्ट्रेलियामा आयोजना हुदैछ । सो विश्वकपमा शीर्ष आठमा रहने टोली आगामी विश्वकप २०२४ का लागि सोझै छनोट हुनेछन् ।
यो विश्वकप सकिनासाथ नोभेम्बर १४ मा आईसीसीले जारी गर्ने वरीयताको नवौं र दशौं राष्ट्र । (यदी वेस्ट इन्डिज शीर्ष आठमा परेमा वरीयताको ११ औं स्थानको राष्ट्रले पनि अवसर पाउने छ ) । त्यसबाहेक एसिया छनोट, अफ्रीका छनोट र युरोप छनोटबाट २/२ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
अमेरिका छनोट र पूर्वी एसिया प्यासाफिक छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपालको वरीयता माध्यमबाट विश्वकपमा स्थान बनाउने सम्भावना ज्यादै न्युन रहेको छ । तसर्थ नेपालले एसिया छनोटबाट नै विश्वकपको बाटो तय गर्नुपर्ने हुन्छ ।
एसिया छनोटमा नेपाल सहित आठ या सात (युएई जो २०२२ को अस्ट्रेलिया विश्वकपमा सहभागी रहेको युएई शीर्ष आठमा नरहेमा तथा वरीयताक्रममा पनि पछि रहेमा मात्र यस प्रतियोगितामा सहभागीता जनाउने छ ।) टोलीले प्रतिस्पर्धा गर्नेछ । यस प्रतियोगिताको शीर्ष दुई टोलीले २०२४ को विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा सहभागी रहने नेपाल सहितको पाँच राष्ट्रको टुङ्गो लागि सकेको छ । बाँकि दुई भने क्षेत्रीय छनोटबाट आउने छन् ।
गत फागुनमा ओमानमा भएको २०२२ विश्वकपको ग्लोबल छनोट ए मा सहभागी जनाएका नेपाल,ओमान तथा बहराईन रहेका छन् । त्यस्तै हालै मात्र जिम्बावेमा भएको ग्लोबल छनोट बी मा रहेका दुई टिम सहभागी हुनेछन् । यसमा हङकङ र सिङ्गापुर रहेका छन् । सब रिजनल छनोटको समूह ए र बी मा ९ राष्ट्र रहेका छन् । समूहको शीर्ष दुई टोलीले एसिया छनोटमा स्थान बनाउने छन् ।
यो पनि : टी-२० विश्वकपमा छनोट हुन नेपालले ओमान र बहराइनसहित यी ५ टिमसँग खेल्नुपर्ने
यो पनि : नेपालले अष्ट्रेलियामा क्रिकेट खेल्ने, यस्तो छ खेल तालिका













