नेपालले अष्ट्रेलियामा क्रिकेट खेल्ने, यस्तो छ खेल तालिका

Image

काठमाडौ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा क्रिकेट खेल्ने भएको छ। नेपालले आगामी सेप्टेम्बरमा अष्ट्रेलियामा क्रिकेट खेल्ने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) र रोयल हेरिटेज अष्ट्रेलियाबीचको सम्झौताअनुसार नेपाली टोलीले आगामी सेप्टेम्बरमा अष्ट्रेलियामा खेल खेल्ने छ। क्यान र रोयलबीचको सम्झौताअनुसार नेपाली क्रिकेट टिमलाई हरेक वर्ष १० दिनको अष्ट्रेलिया भ्रमण गराइने छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई उनीहरुको कार्यव्यवस्थता र अन्तर्राष्ट्रिय क्यालेण्डरमा असर नपर्ने गरी वर्षको कम्तिमा तीन वर्षसम्म वर्षको कम्तिमा १० दिन अस्ट्रेलिया भ्रमण गर्ने सम्झौतामा उल्लेख छ । त्यहाँ स्थानीय टिमका साथै स्टेट टिम र अष्ट्रेलियाको ए टिमसँग प्रतिस्पर्धा गर्ने वातावरण मिलाउने प्रतिवद्धता रोयल हेरिटेजले गरेको क्यानका महाप्रवन्धक खनालले बताए ।

पहिलो वर्षका रुपमा हामीले सन् २०२२ भित्रै टिम पठाउनेछौं । पहिलो वर्षको मूल्यांकनका आधारमा बाँकी दुई वर्षका लागि निर्णय गर्नेछौं । त्यहाँ हाम्रो टिमको स्तरअनुसार प्रतिस्पर्धात्मक टिम भएन भने भ्रमणको अर्थ पनि रहँदैन,’ महाप्रवन्धक खनालले भने ।

रोयल हेरिटेजका स्वतन्त्र प्रताप शाहले क्रिकेट संकृतिको हिसावमा संसारमै अग्रणी अस्ट्रेलियाको टिम र नेपाली टिमबीच प्रतिस्पर्धा गराएर सदभाव र भाइचारा बढाउनु कार्यक्रमको उद्देश्य रहेको बताए ।

‘नेपाली राष्ट्रिय क्रिकेट टीम र अष्ट्रेलियाका नेपाली लगायतका क्रिकेट क्ल्बहरूबीच हरेक बर्ष अष्ट्रेलियाका बिभिन्न शहरहरूमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना हुनेछ,’ उनले भने, ‘अष्ट्रेलियामा रहेका नेपाली क्रिकेट टिम मध्येबाट एक टिम बनाइने छ भने अष्ट्रेलियाको नाम चलेको क्ल्ब र टिमहरुको पनि यो मैत्रीपूर्ण खेलमा सहभागिता रहने छ ।’ उनले कुन टिमले खेल्ने भन्ने चाहीँ प्रष्ट पारेका छैनन् । त्यसो त नेपाली टिम जाने मिति र शहरको पनि टुंगो लागेको छैन ।’

सोमपालको वरीयता सुधार, कसकाे स्थान कहाँ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सोमपाल कामीको एकदिवसीयतर्फको बलिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपालको बलिङ वरीयता एक स्थान सुधार भएको हो ।

नयाँ वरीयतामा सोमपाल ८९ औं स्थान उक्लिएका छन् । बलिङतर्फ नै नेपालका कप्तान सन्दीप लामिछाने ३३ औं स्थानमा यथावत रहेका छन् । बलिङमै करण केसी पनि ९२ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङ वरीयतामा युवा ब्याट्सम्यान रोहितकुमार पौडेल ८१ औं स्थानमा यथावत रहेका छन् । ब्याटिङमै आसिफ शेख १०० औं स्थानमा रहेका छन् ।

टी-ट्वान्टी वरीयताको ब्याटिङतर्फ कुशल भुर्तेल ३९ औं र दीपेन्द्र सिंहे ऐरी ४१ औं स्थानमा यथावत रहेका छन् । आसिफ शेख ९५ औं स्थानमा उक्लिएका छन् । टी-ट्वान्टीको बलिङतर्फ सन्दीप ३८ औं स्थानमा यथावत रहदा अविनास बोहरा ३९ औं स्थानमा यथावत छन् । अलराउण्डरतरफ दीपेन्द्रको वरीयता ९ औं स्थानमा यथावत रहेको छ ।

यो पनि : नेपालले कहिले पाउला नयाँ मुख्य प्रशिक्षक ? बाहिरियो यस्तो खबर