Khabar Board
Flash logo up side
flash header

साफ यू-२० को पहिलो खेलमा नेपालसँगको हारपछि यस्तो भन्छन् माल्दिभ्सका प्रशिक्षक अहमद साकिर

Nirbachan m

काठमाडौं ।

साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालसँग ४–० को फराकिलो हारे बेहाेरेपछि माल्दिभ्स टिमका मुख्यप्रशिक्षक अहमद साकिरले आफ्नो प्रतिक्रिया दिएका छन् । माल्दिभ्सका यू–२० प्रशिक्षक अहमद साकिरले नेपाल आफूभन्दा उत्कृष्ट रहेको बताए ।

उनले नेपाली टिमको प्रदर्शनको पनि प्रशंसा गरे । प्रशिक्षक साकिरले नेपालले आफूहरूको भन्दा निकै राम्रो खेलको पनि बताए । “नेपाल यू–२० धेरै राम्रो खेल्यो। गोल मार्जिन अलि बढी छ तर हामीले नतिजा स्वीकार गर्नुपर्छ,’ उनले भने।

यस्तै प्रशिक्षक साकिरले नेपालसँगको खेलमा गरेका गल्ती आगामी म्याचमा सुधार गर्ने पनि बताए । ‘हामी हरेक पाटोमा कमजोर रह्यौं । पाएका केही अवसर पनि सदुपयोग भएन,’ उनले खेल सकिएपछि पत्रकार सम्मेलनमा भने, ‘हामीले हाम्रा आगामी खेलहरूमा डिफेन्स र मिडफिल्ड लाइनमा सुधार गर्नुपर्नेछ। अर्को खेलमा हामी कमजोरी सच्याउँदै राम्रो नतिजा निकाल्ने छौँ ।’

आइतबार भएको प्रशिक्षकको पत्रकार सम्मेलनमा माल्दिभ्सका प्रशिक्षक साकिरले जारी प्रतियोगितामा उत्कृष्ट टिम भारत रहेको बताएका थिए । उनले त्यसबेला आफ्नो टिम पनि बलियो भएको र नेपाललाई हराउने पनि बताएका थिए ।

साफमा माल्दिभ्सविरुद्ध नेपालले सानदार जित निकालेपछि यस्तो भन्छन् प्रशिक्षक अल्मुताइरी 

Center article

भारतमा आजबाट सुरु भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हिजो भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

यू–२० साफमा नेपालले शानदार विजयी सुरुवात गरेपछि नेपाली सिनियर फुटबल टोलीका मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खुसी व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत टिमको प्रदर्शनप्रति उतसहित हुँदै खुसी व्यक्त गरेका हुन् । ‘राम्रो नतिजा र प्रदर्शन । गोर्खाली जारी राख्नुहोस्, एउटा टिम.. जय नेपाल,’ उनले फेसबुकमा लेखेका छन् ।

माल्दिभ्समाथि नेपालको ऐतिहासिक जित पछि यस्तो भन्छन प्रशिक्षक केसी

नेपाली यू-२०टिमका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले आज उत्कृष्ट प्रदर्शन गरेको बताएका छन्। खेलपछिको सम्मेलनमा बोल्दै प्रशिक्षक केसीले भने “केटाहरूले राम्रो खेले। माल्दिभ्सले पनि राम्रो खेल्यो तर हामीले यो खेल जित्न कडा मेहनत गरेका थियौं। आशा गरौं, आगामी खेलहरूमा अझ राम्रो खेल्नेछौं।”

नेपाल फाइनलमा जान्छ कि जाँदैन भनेर प्रश्न सोध्दा प्रशिक्षक केसीले जवाफ दिए, “हामीसँग अझै धेरै खेलहरू खेल्न बाँकी छ। हामी अहिले फाइनलको बारेमा सोच्न सक्दैनौं । यो धेरै टाढा छ। हामी अब हाम्रो अर्को खेल (श्रीलंका विरुद्ध) मा ध्यान केन्द्रित गरिरहेका छौं”

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.