Khabar Board
Flash logo up side
flash header

उर्जन श्रेष्ठ यू-१७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त

Nirbachan m

काठमाडौं ।

प्रशिक्षक उर्जन श्रेष्ठ नेपाली यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।  एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि श्रेष्ठलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

एन्फा अन्तर्गतको एन्फा एकेडेमीमा हाल कुनै खेलाडी नरहेकाले यू–१७ टोली खुल्ला छनोटमार्फत भइरहेको छ । खुल्ला छनोट साउन ९ देखि एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरु भएको हो । श्रेष्ठले सन् २०१६ मा एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । हाल थ्री स्टारको प्रशिक्षक रहेका प्रशिक्षक श्रेष्ठले यसअघि ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बी डिभिजनबाट ए डिभिजनमा उकालेका थिए ।

उनले ए डिभिजनमा बिबिसी पनि सम्हालेका थिए । त्यसअघि उनले च्यासललाई सी डिभिजनमा प्रशिक्षण दिएका थिए । श्रेष्ठ सन् २०२१ मा घरेलु फुटबलको चर्चित क्लब थ्री स्टार क्लबमा अनुबन्धित भएका थिए । अनुबन्धित भए लगतै उनले मकवानपुरमा आयोजित चौथो बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेका थिए ।

Center article

सोही प्रदर्शनलाई आधार मान्दै थ्री स्टारले उनलाई सहिद स्मारक ‘ए’ डिभिजन लिगको पनि जिम्मेवारी सुम्पिएको थियो । तर, लिगमा उनको प्रशिक्षणमा थ्री स्टारले सोचेअनुरुपमा प्रदर्शन गर्न सकेनन् । खेलाडीको रुपमा श्रेष्ठले तीनपटक घरेलु फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् । श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।

यो पनि : साफ यू-२० को पहिलो खेलमा नेपालसँगको हारपछि यस्तो भन्छन् माल्दिभ्सका प्रशिक्षक अहमद साकिर

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.