काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले मुख्य प्रशिक्षकविहीन अवस्थामा रहेको छ। पुबुदु दशानायकेले नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि टिम प्रशिक्षकविहीन बनेको हो।
विश्व क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्ड सिरिजबाट फर्किए लगत्तै गतसाता पुबुदुल मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए। अहिले क्यान नयाा प्रशिक्षकको खोजीमा छ। यसअघि सर्ट लिस्टमा रहेकालाई नै क्यानले प्राथमिकतामा राखेको छ।
सर्टलिस्टमा समावेश प्रशिक्षकको नाम भने सार्वजनिक नगरिए पनि भारतका लालचन्द राजपुत, मोन्टी देसाइ र अपूर्व देसाइमध्ये एक जनालाई मुख्य प्रशिक्षक बनाउने तयारी क्यानको छ।
तर, क्यानले प्रस्ताव गरेको पारिश्रमिकमा उनीहरु आउन तयार देखिएका छैनन्। क्यानले पुवुदुलाई मासिक १० हजार अमेरिकी डलर दिादै आएको थियो। पहिले नै सर्ट लिस्टमा परेकालाई प्राथमिकता दिएको क्यानले उनीहरु नआए मात्र अर्को विकल्पमा जाने सोच बनाएको छ।
केन्याबाट सिरिज खेल्ने प्रस्ताव आइसकेकाले पनि नयाा प्रशिक्षकको टुंगो चाँडै लगाउनुपर्ने छ। मोन्टी देसाइ र अपूर्व देसाइले नेपालमा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन्। लालचन्द भारतका पूर्वराष्ट्रिय खेलाडी हुन्।
उनी भारतको अन्डर नाइन्टिन टिम, इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सको प्रशिक्षक थिए। यसअघि जिम्बाब्वे र अफगानिस्तानको प्रशिक्षकको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन्।
नेपालको एकदिवसीय मान्यतालाई जोगाइ राख्न लिग टु का १६ खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने भएकाले अनुभवी प्रशिक्षकको खााचो छ। पछिल्ला दुई सिरिजमा नेपाली टोलीले फितलो प्रदर्शनमा सुधार गरेर लैजान सक्ने प्रशिक्षक ल्याउन क्यानलाई चुनौती देखिएको छ।
५ करोडसम्म पारिश्रमिक पाउने यूएईको लिगमा नेपालीका यी खेलाडीले पाउला मौका !
युएईको फ्रेञ्चाइज लिग इन्टरनेसल लिग टी-२० (आइएल टी-२०) ले विश्वका शीर्ष खेलाडीलाई एक सिजनमा ४ लाख ५० हजार अमेरिकी डलर (५ करोड ७० रुपैयाँ बढी) सम्म पारिश्रमिक दिने तयारी गरेको छ। यस लिगमा केही नेपाली खेलाडीहरूले पनि मौका पाउने सम्भावना उच्च रहेको छ। यो पारिश्रमिक क्रिकेट लिगमध्ये भारतको इन्डियन प्रिमियर लिग (आइपिएल) पछिको बढी हो।
जसका कारण युएईको टी-२० लिग आइपिएलपछिको आकर्षक लिग बन्ने भएको छ। इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) ले लिगलाई स्वीकृती दिए पनि उसको स्वामित्वमा लिग छैन। इसिबीका उपाध्यक्ष खालिद अल जरुनी र बोर्डका महासचिव मुबाशिर उस्मानीको नेतृत्वमा लिगको व्यवस्थापन छ।
जनवरी २०२३ मा हुने लिगको प्रति टोलीले खेलाडीको तलबका लागि २.५ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउने प्रावधान राख्ने तयारी गरिएको छ। आकर्षक पारिश्रमिकका कारण विश्वका चर्चित खेलाडीले समेत लिग खेल्ने बताइएको छ।
अस्ट्रेलियाको बिग ब्यास लिग छाडेर डेभिड वार्नर युएईमा लिग खेल्न आउने दाबी गरिएको छ। आइपिएलमा सबैभन्दा धेरै कमाउने खलाडीले प्रति सिजनमा २ मिलियन डलर पाउछन्। यस्तै पाकिस्तान सुपर लिगमा २ लाख डलर, द हन्ड्रेडले १ लाख ६४ हजार डलर र बिग ब्यास लिगमा सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीले प्रति सिजन २ लाख ३८ हजार अमेरिकी डलरसम्म पाउने गरेका छन्।
युएईको लिगमा ६ टोलीले भाग लिनेछन्। एक टोलीमा १८ खेलाडी हुनेछन्। लिग जनवरी ६ देखि फेब्रुअरी १२ सम्म युएईमा खेलिने तालिका छ। प्रत्येक टोलीले अन्य टोलीसँग लिग चरणमा दुई पटक खेल्नेछ, त्यसपछि चार प्ले-अफ खेलहरू हुनेछन्।
लिगको ६ टोली मध्ये तीन टोली आइपिएल टोलीको कम्पनीको स्वामित्व छ। मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सले युएईको लिगमा पनि स्वामित्व किनेका छन्। अन्य तीन टोलीहरू ल्यान्सर क्यापिटलको स्वामित्वमा छन्।
लिगको उद्देश्य एक्सपोजर प्रदान गर्ने र युएईका नयाँ प्रतिभा खोजी गर्ने बताइएको छ। एक टोलीका १८ खेलाडी मध्ये १२ विदेशी खेलाडी राख्न सकिनेछ। एक टोलीमा कम्तिमा तीन यूएईका खेलाडी, दुई एसोसिएट देशका खेलाडी र यूएई यू-२३ टोलीको एक खेलाडी हुनुपर्छ। प्लेइङ सेटमा कम्तिमा एक युएई र एक एसोसिएट खेलाडीसहित बढीमा नौ विदेशी खेलाडी हुन सक्छन्।
लिगमा बढीमा ३ लाख ४० हजार अमेरिक डलर पारिश्रमिक र घटीमा १० हजार अमेरिकी डलर पारिश्रमिक हुनेछ। टोलीले बोनसको रुपमा ५ लाख अमेरिकी डलरसम्म बाढ्न सक्नेछ। खेलाडीहरू ड्राफ्ट र अक्सनबाट छनोट हुनेछन् भने पाँच खेलाडी सिधा छनोट गर्न सकिनेछ। यस्तो हुँदा एसोसिएट खेलाडीको कोटामा नेपालले सन्दीप लामिछाने, करण केसी,कुशल भुर्तेल,आरिफ शेख, दिपेन्द्र सिंह ऐरी मौका पाउने सम्भावना उच्च देखिएको छ।