Khabar Board
Flash logo up side
flash header

आज नेपाल र भारत भिड्दै, यसरी हेर्न सकिन्छ लाइभ

Nirbachan m

काठमाडौं ।

साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

नेपाल र भारतबीचको खेल इलाभेन स्पोर्ट्सबाट खेल प्रत्यक्ष प्रशारण हुनेछ । साथै नेपाल र भारतबीचको खेल  युट्युबमा Sportzworkz बाट हेर्न सकिनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज छैन ।

‘भारतसॅंगको खेल हाम्रो लागि साख र प्रतिष्ठाको खेलको रुपमा समर्थकहरुले लिनु हुन्छ। तर हामी भने सकेको राम्रो खेल देखाउने हो र लक्ष्य जित नै रहनेछ। हाम्रो प्रदर्शन राम्रो हुनुपर्यो राम्रो नतिजा आउनु पर्यो,’ मुख्य प्रशिक्षक मेघराज केसी भन्छन् । प्रशिक्षक केसीले भारतविरुद्धको खेलका लागि कुनै विशेष तयारी भने नगरेको बताउँछन् ।

‘सबै टिमलाई हामीले समान मानेका थियौ त्यही अनुसार नै हामी भारतविरुद्ध खेल्ने छौ भारतका लागि हाम्रो विशेष तयारी भनेर केही छैन सबै टिमविरुद्ध उही नै हो,’ मुख्य प्रशिक्षक केसीले भने, ‘ उमेर समूहको लागि दक्षिण एसियाका सबै टिम बराबर नै छौ। केही तल माथी मात्र नै छ जस्तो लाग्छ। खास फरक छैन।’

Center article

पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो । यस्तै दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो । नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ ।भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

भारतविरुद्ध नेपालको सम्भावित सुरुवाती–११ : ईश्वर गुरुङ (गोलरक्षक), आयुष घलान (कप्तान), मनग्य नकर्मी, अमर श्रेष्ठ, कृतिशरत्न छन्जु, दीपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइबा, सुगम सुवाल र सन्दीप कार्की ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.