सन्दीपको नाम बीबीएलको ड्राफ्टमा, यस्तो छ अनुबन्ध हुने सम्भावना

Image

काठमाडौं ।

अष्ट्रेलियाको बिग बास लिग(बीबीएल) को १२ औं संस्करणको ड्राफ्टमा नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् ।बीबीएलले बुधबार आफ्नो सामाजिक संजालमार्फत सन्दीप ड्राफ्टमा रहेको जनाएको छ ।

बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् ।

आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टारमा बिताएका थिए । पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्समा रहेका थिए । यसपटक पनि सन्दीप बिक्री हुने सम्भावना छ। सन्दीपले यस प्रतियोगितामा राम्रै प्रदर्शन गरेका थिए। सोही कारण सन्दीपलाई कुनै न कुनै टिमले अनुबन्ध गर्नेछ।

यो पनिवेस्ट इन्डिजमाथि भारतको जित, यी खेलाडी बने जितको ‘हिरो’

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-ट्वान्टीमा भारतले जित निकालेको छ । मंगलबार राती भएको खेलमा भारतले घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको हो । जितसँगै ५ खेलको सिरिजमा भारतले २-१ को अग्रता बनाएको छ ।

घरेलु टोलीले दिएको १ सय ६५ रनको लक्ष्य भ्रमणकारी टोलीले ६ बल बाँकी रहदै ३ विकेट गुमाएर पुरा गर्यो । उसका लागि सुर्य कुमार यादवले ७६ रनको अर्धशतकीय इनिङ खेले । ऋषभ पन्तले अविजित ३३ तथा श्रेयस ऐयरले २४ रन बनाए ।

कप्तान रोहित शर्माले ११ तथा दिपक होडाले अविजित १० रन बनाए । वेस्ट इन्डिजका डोमिनिक डार्कस् , जासन होल्डर तथा अकिल होसेनले समान १/१ विकेट लिए । त्यसअघि ब्यटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

उसका लागि केली मेयर्सले ७३ रनको अर्धशतकीय इनिङ खेले । रोभमेन पावेलले २३ तथा कप्तान निकोलस पुरनले २२ रन बनाए । शिमरन हिटमायर तथा ब्राण्डन किंग्सले समान २०/२० रन बनाए । भारतका लागि भुवनेश्वर कुमारले २ तथा हार्दिक पाण्ड्या र अर्शदिप सिंहले समान १/१ विकेट लिए । दुई टोलीबीचको चौथो टी-ट्वान्टी शनिबार हुनेछ ।