Khabar Board
Flash logo up side
flash header

प्रिमियर लिगमा आज ६ खेल हुँदै, यस्तो छ खेल तालिका

Nirbachan m

काठमाडौं ।

इङ्ग्लिस प्रिमियर लिगमा आज बिभिन्न ६ खेल हुँदैछन् । शुक्रबारबाट सुरु भएको नयाँ सिजनको दोस्रो दिनमा ६ खेल हुन लागेका हुन् ।शनिबार हुने पहिलो खेमला फुलहमले लिभरपुललाई आतिथ्यता प्रदान गर्दैछ । फुलहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५:१५ बाट सुरु हुनेछ ।

आजको खेलमा लिभरपुल सहज जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । यता फुलहम पनि सोही योजनामा हुनेछ । आज हुने अर्काे खेलमा टोटेनहमले साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

सोही समयमा बर्नमाउथले एस्टनभिल्लासँग प्रतिस्पर्धा गर्दा न्युक्यासलले नथिङहम फरेस्टलाई आतिथ्यता प्रदान गर्नेछ । यसै समयमा हुने अर्काे खेलमा लिड्स युनाइटेड र उल्भ्स प्रतिस्पर्धा गर्नेछन् । आज हुने अन्तिम खेलमा एभर्टनले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुनेछ ।

Center article

प्रिमियर लिगमा आर्सनलको विजयी सुरूआत

प्रिमियर लिगमा आर्सनलले विजयी सुरुआत गरेको छ। गएराति सम्पन्न यस सिजनको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो। खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ८५ औं मिनेटमा प्यालेसका मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले सहज जित हात पार्‍यो।योसहित आर्सनलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। आर्सनलले अब अर्को खेल अगस्ट १३ मा लेस्टर सिटीविरुद्ध खेल्ने छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.