Khabar Board
Flash logo up side
flash header

ऋषभ चम्किँदा भारतको शानदार जित, एक खेल अगावै जित्यो सिरिज

Nirbachan m

काठमाडौं ।

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज भारतले जितेको छ । शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३-१ ले जितेको हो ।

भारतले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५ बल अगाबै १ सय ३२ रनमा अलआउट भयो । उसका लागि कप्तान निकोलस पुरन तथा रोभमन पावेलले समान २४/२४ रन बनाए ।

सिम्रन हिटमायरले १९ तथा केली मेयर्सले १४ रन बनाए । भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिए । अक्षर पटेल,रवि बिष्नोई तथा आभेस खानले समान २/२ विकेट लिए ।

Center article

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । उसका लागि ऋषभ पन्तले ४४ रन बनाए । कप्तान रोहित शर्माले ३३ तथा सन्जु सामसनले अविजित रहदै ३० रन बनाए ।

सुर्य कुमार यादवले २४ तथा दिपक होडाले २१ रन बनाए । घरेलु टोलीका लागि ओबेड म्याकोइ र अल्जारी जोसेपले समान २/२ विकेट लिए । दुई टोलीबीचको पाँचौं तथा अन्तिम टी- ट्वान्टी आइतबार हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.