Khabar Board

इन्डोनेसियामा रोहितको उत्कृष्ट प्रदर्शनका बाबजुद टिम भने पराजित

काठमाडौ ।

नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा पर्सिक केडिरी मदुरा युनाइटेड सँग १-० गोलले हार बेहोरेको हो। नेपाली डिफेन्डर रोहितले पुरा समय मैदानमा विताएका थिए।

यस हारले तीन खेलबाट एक अंक जोडेको पर्सिक अंक तालिकाको १७ औं स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको मदुरा युनाइटेड पहिलो स्थानमा छ ।

यस अघि आईतबार भएको दोस्रो खेलमा बराबरी खेल्दै अंक बाँडेको छ ।इन्डोनेसियनको घरेलु लिग वान अन्तर्गत आईतबार दिउँसो भएको खेलमा पर्सिकले भयङ्करा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३३ औं मिनटमा पँहेरो कार्ड पाएका नेपाली डिफेन्डर रोहितले पुरा समय मैदानमा विताएका थिए ।खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा पर्सिक अंक बाँड्न बाध्य भयो ।

१५ औं मिनटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै रिनान सिल्भाले पर्सिकलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।तर खेलको ३६ औं मिनटमा भयङ्कराका युसुफ इजेजारीले गोल गरेपछि खेल १-१ को बराबरीमा सकिएको थियो ।

मेस्सी चम्किँदा पीएसजीको शानदार जित

पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुआत गरेका छन् । शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५-० गोल अन्तरले हराउँदै पीएसजीले सुखद सुरुआत गरेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । यस्तै नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए । २६ औं मिनेटमा हाकिमीले गोल गर्दा पीएसजी २-० ले अघि रह्यो ।

खेलको ३८ औं मिनेटमा मार्किन्हसले गोल गर्दा पीएसजीको अग्रता तेब्बर बन्यो। खेलको ८० औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए। त्यसपछि खेलको ८६ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए । जितसँगै पीएसजीले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस्तै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ। गुडिसन पार्कमा शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध १-० गोल अन्तरको साँघुरो जित निकालेको हो । चेल्सीको जितमा जोर्गिन्होले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा जोर्गिन्होले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई तीन अंक दिलाएका हुन् ।

बेन चिलवेललाई एभर्टनका डुकुरेले पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । यस जितसँगै चेल्सीले सिजनको सुखद सुरुआत गरेको छ। चेल्सीले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।एभर्टनले भने हारबाट सिजनको सुरुआत गरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.