Khabar Board
Flash logo up side
flash header

अल्मुताइरीले अञ्जन विष्टसहित यी २६ खेलाडीलाई बोलाए बन्द प्रशिक्षणमा, काे-काे परे त ?

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् । उनले अब हुने दुई मैत्रीपूर्ण खेलका लागि खेलाडी बन्द प्रशिक्षणमा बाेलाउन लागेका हुन् ।

दुई मैत्रीपूर्ण अभ्यास खेलका लागि अल्मुताइरीले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी थप गर्दै २६ खेलाडीकाे नाम अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयलाई बुझाएकाे खेलाडी डट्कमले लेखेकाे छ ।

जसमा यसअघि अल्मुताइरीले टिमबाहिर राखेका स्ट्राइकर अन्जन विष्ट र मिडफिल्डर तेज तामाङ छन् । यस्तै, अल्मुताइरीले पठाएको नाममा त्रिभुवन आर्मी फुटबल क्लबका दिनेश हेन्जनले पुनरागमन गरेका छन् । दिनेश गत ‘ए’ डिभिजन लिग २०७८ को उदयीमान खेलाडी समेत हुन् ।

नेपाल आगामी महिना बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ । यद्यपि, यसबारे आधिकारिक निर्णय भइसकेको भने छैन ।

मुख्य प्रशिक्षक अल्मुताइरीले दुई मैत्रीपूर्णको लागि २६ खेलाडीको नाम बुझाउँदा टिम व्यवस्थापक चाडै नियुक्त गर्न एन्फालाई आग्रह समेत गरेका छन् ।

यसअघि नेपाली टिमको व्यवस्थापकमा मधुसुदन उपाध्याय थिए । एन्फा कार्यसमितिमा नयाँ नेतृत्वको आगमन भएसँगै हाल उनी एन्फा बाहिर छन् । यस्तै, प्रशिक्षक अल्मुताइरीले टिम व्यवस्थापकबाहेक कुवेत पुगको सम्पूर्ण टेक्निकललाई निरन्तरता दिन माग गरेका छन् ।

Center article

वैशाख १४ गते प्रशिक्षक प्रशिक्षक अल्मुताइरीको व्यवहारको कारण अन्जन, तेजसहित राष्ट्रिय टोलीका १० खेलाडीले बन्द प्रशिक्षण छोडेका बताएका थिए ।

त्यसपछि क्याम्प छोडेका तेज र अन्जनसहित सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ, बिमल घर्ति मगर, दिनेश राजवंशी, रोहित चन्द, सुमन लामा सहित कप्तान किरण कृुमार लिम्बूलाई बाहिर राख्दै प्रशिक्षक अब्दुल्लाहले २३ सदस्यीय टिमलाई कुवेत सिटी पुर्याएका थिए ।

यसपछि खेलाडी र प्रशिक्षकबीच विवाद उग्र बनेको थियो, जुन हालसम्म पनि कायमै छ । प्रशिक्षक केही खेलाडीलाई टिममा पुनः स्थान दिने मनसायमा देखिँदा खेलाडीहरु भने अल्मुताइरीलाई प्रशिक्षकबाट हटाउन चाहन्छन् । खेलाडी–प्रशिक्षक विवादको असर असार ६ गते सम्पन्न भएको एन्फाको चुनावी साधारणसभामा समेत देखिएको थियो ।

चुनाव जिते लगत्तै वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङलाई कारवाहीमा परेका केही खेलाडी बधाई दिन बुढानिलकण्ठस्थित पार्क भिलेज पुगेका थिए ।

निर्वाचित अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले एन्फाको पहिलो निर्णय खेलाडी बोलाउने बताएका थिए । यस पछि असार ८ गते बसेको एन्फाको अवैधानिक पहिलो बैठकले १० खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गरेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.