भारतमा पहिलो खेलमै चम्किँदै सावित्रा, गरिन् गोलको वर्षा

Image

काठमाडौं ।

महिला राष्ट्रिय टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘सम्बा’ भारतमा गोलको वर्षा गरेकी छन्। उनले भारतको केरेला महिला लिगको पहिलो खेलमै ह्याट्रिक गरेकी हुन्। गोकुलम केरेला एफसीबाट खेल्दै सावित्राले केरेला एफसीविरुद्ध ह्याट्रिक गर्न सफल भएकी हुन्।

२६ मिनेटभित्र ह्याट्रिक पूरा गरेकी सावित्राले कूल ४ गोल गरिन्। केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको छ। सावित्राले पहिलो, तेस्रो र चौथो, पाँचौं गोल गरेकी थिइन्। कप्तान कश्मिना र रेश्माले समान १–१ गोल थपे।

गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन टिम पनि हो। अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने तालिका रहेको छ। सोही प्रतियोगिता खेल्न सावित्रा शनिबार भारत गएकी थिइन्। उज्बेकिस्तानमा समूह चरणको खेल यहिँ अगस्ट २० देखि २६ सम्म हुनेछ।

समूह चरणमा गोकुलमले उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसीसँग खेल्ने तालिका रहेको छ। गोकुलमले सावित्रालाई एक सिजनका लागि अनुबन्ध गरेको हो।

सावित्राले यस अघि चौंथो संस्करणको महिला लिग गोकुलमबाट खेलेकी थिइन्। चौंथो संस्करणको लिगमा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। सावित्राले त्यस सिजन १६ गोल गरेकी थिइन्। उक्त सिजन गोकुलमले उपाधि जितेको थियो।

यो पनि : भारतमा सावित्राले गरिन् गोलको वर्षा, टिमलाई दिलाइन् शानदार जित