Khabar Board

राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट, यी खेलाडीले पाए मौका

काठमाडौं ।

यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ जनालाई बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाल यु-१७ टिमले श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिप र भियतनामम हुने एएफसी यु-१७ एसियन कप छनोटका भाग लिनेछ । त्यसकै लागि देशैभरबाट आएका एक हजार बढी खेलाडीबाट खुल्ला छनोट गर्दै प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरिएको थियो ।

त्यसबाट ४५ खेलाडी बन्द प्रशिक्षणमा थिए । भदौ २० देखि २० गतेसम्म श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिपमा नेपाल, भारत र भुटान समूह बी मा छन् । यस्तै समू ए मा श्रीलंका, बंगलादेश र माल्दिभ्स छन् ।

टिममा छनोट हुनेमा मुकेश घर्ती, रुबिन बोगटी, कृशल मोक्तान, सिमान्त थापा, युनिस मगर, सुबास मगर, युनिस बुढाथोकी, जन प्रकाश बाम, निशान तामाङ, सिजल राई र मधु पौडेल छन्।

यस्तै, गौरभ महर्जन, विक्रम तामाङ, हरिश भट्ट, लचु थापा, प्रशान्त लक्सम, निरोज कार्की, समिर तामाङ, धन सिंह बिके, दिपक थापा मगर, मानव पोखरेल, कशुल देउबा, मिरक लिङदेन, प्रितम कार्की, विनोद केसी, धिरज बिके, सोहन स्याङ्तान, निराजन धामी, सरोज दर्लामी र समिर चन्द पनि छनोट भएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.