काठमाडौं ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दीपा न्यौपाने आवद्ध डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ। शनिबार भएको खेलमा डन बस्कोले एमिरेट्स एफसीलाई ५–२ गोल अन्तरले हराएको हो।
डन बस्कोको जितमा दिपाले दुई गोल गरिन्। दिपाको यो डेब्यू खेल हो। दिपा खेलको प्लेयर अफ दि म्याच समेत घोषित भइन्।
बिहीबार भएको पहिलो खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२–२ गोल अन्तरले हराएको थियो। दीपाले पहिलो खेल खेलेकी थिइन्। दीपालाई केरेला लिगका लागि अनुबन्ध गरेको हो।
मिडफिल्डर मनिष डाँगी बहराइनको क्लबमा आवद्ध
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इत्तेहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । बहराइनको अमेच्याेर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनकाे लागि अनुबन्ध गरेको हो ।
क्लबले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनलाई अनुबन्ध गरिएको जनाएको छ । मनिषले च्यानम्पियन मछिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए । २० वर्षीय मनिषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गर्दै गाेलसमेत गरेका थिए ।
दक्षिण काेरियामा फुटबल सिकेका उनले नेपालकाे यू-१९ र यू-२३ टिमबाटसमेत खेलिसकेका छन् । यस्तै विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए । मनिषले नेपालका लागि १४ खेल खेल्दै २ गाेल गरेका छन् ।