Khabar Board
Flash logo up side
flash header

मनीष डाँगीले पाए ठूलो मौका, यो चर्चित क्लबमा भए अनुबन्ध

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्धित भएका छन् । बहराइनको दोस्रो डिभिजन क्लबले मनिषलाई २०२२-२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।

इतिहादले सामाजिक संजाल इन्स्टाग्रामबाट उनलाई अनुबन्ध गरिएको जनाएको छ । मनिषले पछिल्लो ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए । विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलबाट मनिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।

उनले डेब्यु खेलमै राष्ट्रिय टिमका लागि गोल गरेका थिए ।दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल कला निखारेका मनिषले विश्वकप छनोटअन्तर्गत चाइनिज ताईपे, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।

Center article

डेब्युमा दिपाको दुई गोल

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ । शनिबार भएको खेलमा डन बस्कोले एमिरेट्स एफसीलाई ५-२ गोल अन्तरले हराएको हो । डन बस्कोको जितमा दिपाले दुई गोल गरिन् ।

दिपाको यो डेब्यु खेल हो । दिपा खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन् । बिहीबार भएको पहिलो खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२-२ गोल अन्तरले हराएको थियो । दिपाले पहिलो खेल खेलेकी थिइन् । दिपालाई केरेला लिगका लागि अनुबन्ध गरेको हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.