Khabar Board
Flash logo up side
Nirbachan aayog

एन्फाले महिला च्याम्पियनसिपका लागि छनोट यसरी गर्ने

Nirbachan m

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार साफ यू-१५ महिला च्याम्पियनसिप आगामी कात्तिक १५ देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ ।

एन्फाले मंगलबार विज्ञप्ति निकालेर जारी गर्दै भदौ १ गतेदेखि खेलाडी छनोट प्रक्रिया सुरु हुने भन्दै कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार भदौ १ गते एन्फामा आबद्ध ४८ जिल्लालाई सूचित गर्ने र भदौ २ देखि १० गतेसम्म जिल्ला स्तरिय खुल्ला छनोट गरिनेछ ।

जिल्लाबाट छनोटपछि भदौ १५ देखि १९ गतेसम्म सातै प्रदेशको राजधानीमा प्रदेशस्तरको छनोट कार्यक्रम हुने एन्फाले जनाएको छ । प्रदेशको छनोटपछि एन्फा कम्प्लेक्समा भदौ २३ देखि २८ गतेसम्म पोजिसन अनुसार खेलाडी छनोट कार्यक्रम हुनेछ र भदौ ३० गते ४० खेलाडीलाई पहिलो चरणमा छनोट गरिने एन्फाले जनाएको छ ।

भदौ ३१ देखि ४० खेलाडीको प्रशिक्षण सुरु हुनेछ र असोज ७ गते २५ खेलाडी छनोट गरिनेछ । दशैं बिदापछि असोज २३ गतेदेखि करिब २० दिन प्रशिक्षण गरिने एन्फाले जनाएको छ । २०६३ पुस १७ वा त्यो भन्दा पछि जन्मिएका खेलाडीहरुले मात्र साफ यू-१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोट मा सहभागी हुन पाउनेछन् ।

भारतीय फुबटलमाथि फिफाले प्रतिबन्ध लगाएपछि अल्मुताइरी चिन्तित

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । फिफाले मंगलबार भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो । फिफाले एआईएफएफमा बाहिरी शक्ति हाबी भएको भन्दै प्रतिबन्ध गरिएको जनाएको छ।

फिफाले विधानमा आफ्ना सदस्य संघहरू कानूनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने प्रावधान रहेको छ । फिफाको प्रतिबन्धसँगै भारतले अब फिफा र एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगिता र क्लब प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। यस्तै भारतमा आगामी अक्टोबरमा तय भएको यू-१७ महिला विश्वकप पनि सर्ने भएको छ ‌‌।

फिफाले पछिल्लो समय भारतको एफएलाई सहमति भएको रोडम्यापबाट ‘विचलित’ भएमा प्रतिबन्धको चेतावनी दिदै आएको थियो । तर, भारतको एफएमा पटक पटक विधान विपरित कार्य हुँदै आएको थियो । गत मे महिनामा भारतको सर्वोच्च अदालतले एआईएफएफलाई विघटन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो ।

Panacea Education

त्यसपछि फिफा र एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) ले एएफसी महासचिव विन्डसर जोनको नेतृत्वमा एउटा टोलीलाई भारतीय फुटबल सरोकारवालासँग छलफलका लागि पठाएको थियो । उक्त टोलीले एआईएफएफले आफ्नो विधानलाई जुलाइको अन्त्यसम्ममा परिमार्जन गर्ने र सेप्टेम्बर १५ सम्ममा चुनाव गरिसक्ने मार्गचित्र तयार गरेको थियो ।

तर, भारतीय अदालतले तुरुन्तै चुनाव गराउन आदेश दिएको थियो । साथै निर्वाचित समिति तीन महिनाको अवधिको लागि अन्तरिम निकाय हुने पनि बताएको थियो । अब एआईएफएफको आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र फुकुवाको ढोका खुल्ने फिफाले जनाएको छ।

फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई निलम्बन गरेपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबूकमार्फत् भारत फुटबलको लागि दुःखद् खबर भएको बताएका छन्।

फिफाले चाँडै नै भारतीय टिममाथिको निलम्बन हटाइने आशा व्यक्त गरेका छन्। यसका साथै उनले दक्षिण एसियामा फुटबलको विकासका लागि भारतीय फुटबललाई प्रतिस्पर्धामा फर्काउन आवश्यक रहेको अल्मुताइरीले औंल्याएका छन्।

‘भारत फुटबलको लागि यो दुःखद खबर हो। उनीहरूका लागि सबैभन्दा राम्रो आशा गरौं, फिफाले चाँडै नै फिफा यू–१७ महिला विश्वकप, साफ महिला र एएफसी कप यू–२० र यू–१७ छनोट प्रतियोगिताअघि फिफाले निलम्बन फुकुवा गर्नेछ। दक्षिण एसियामा फुटबलको विकासका लागि हामीलाई भारतीय फुटबललाई प्रतिस्पर्धामा फर्काउन आवश्यक छ।’ उनले भनेका छन्।

यो पनि : फिफाद्वारा भारतीय फुटबलमाथि प्रतिबन्ध, यी प्रतियोगिता अब खेल्न पाउने छैन

यो पनि : नेपाली स्टार सावित्रा भण्डारीलाई ठूलो झड्का, यस्तो छ कारण

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.