Khabar Board
Flash logo up side
flash header

नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको विजयी सुरूआत, यी खेलाडी बने जितको ‘हिरो’

Nirbachan m

काठमाडौं ।

घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ । नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो ।

यस जितसँगै पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा १-० को अग्रता बनाएको छ । पाहुना टोलीले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो।

उसका लागि बिक्रमजित सिंह,स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय ईनिङ खेले । बिक्रमजित र कुपरले समान ६५/६५ तथा कप्तान स्कट एडवार्डले अविजित ७१ रन बनाए । लोगन भान बिकले २८ रन बनाए। बास डि लिडीले १६ तथा टिजा मानुरुले १५ रन बनाए ।

Center article

पाहुना टोलीका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । उसका लागि फकर जमानले १ सय ९ रनको शतकीय ईनिङ खेले ।

कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय ईनिङ खेले । सादाव खानले अविजित ४८ तथा आगा सलमानले अविजित २७ रन बनाए । खुल्सदिल शाहले २१ तथा मोहम्मद रिजवानले १४ रन बनाए ।

घरेलु टोलीका लोगान भान विक तथा बास डि लिडीले समान २/२ विकेट लिए । भिभिएन किंग्माले १ विकेट लिए । दुई टोलीबीचको दोस्रो एकदिवसीय बिहिबार रहेको छ ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.