अमेरिकाबाट नेपाल आइपुगे हुमागाईँ, प्रशिक्षण दिन यी खेलाडीलाई बोलाइयो

Image

काठमाडौं ।

आगामी असोजमा दशरथ रंगशालामा बंगलादेशविरूद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको प्रशिक्षक नियुक्त भएका प्रदीप हुमागाईँ नेपाल आइपुगेका छन्।

आगामी असोज ११ गते नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेलका लागि एन्फाले हुमागाईँलाई कार्यवहाक प्रशिक्षक बनाउने निर्णय गरेको थियो। नेपाली टिमलाई प्रशिक्षण दिन उनी अमेरिकाबाट नेपाल आइपुगेका हुन्। हुमागाईँलाई अहिलेका लागि सो खेलका लागि मात्र प्रशिक्षक बनाउने निर्णय गरिएको थियो।

हाल नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा छन्। हुमागाईँ एक दशकअघि थ्रीस्टार क्लबको प्रशिक्षक थिए। त्यतिबेला उनले थ्रीस्टारलाई ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए।

२०७७ को अन्त्यमा उनी नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीका प्रशिक्षक बनेका थिए। तर लगातार चार खेलमा जितबिहीन बनेपछि ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईँलाई बर्खास्त गरेको थियो। प्रशिक्षणका लागि यसअघि ४० खेलाडीलाई बोलाइएको थियो। अब हुमगाइँले यी खेलाडीलाई प्रशिक्षण दिन थाल्नेछन्।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको औपचारिक प्रशिक्षण शुक्रबार सुरु हुने भएको छ । छनोटमा परेका ४० खेलाडीलाई बुधबार दिउँसो २ः०० बजे सम्पर्कका लागि डाकिएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुेरश शाहले जानकारी दिए ।

‘खेलाडीहरुलाई सम्पर्कका लागि बोलाएका छौं । अनौपचारिक रुपमा प्रशिक्षण सुरु हुन्छ,’ उनले भने,‘ शुक्रबार औपचारिक रुपमा प्रशिक्षण सुरु हुनेछ ।’  साथै एन्फाले बिहीबार दिउँसो ३ः३० बजे नव नियुक्त प्रवक्ता शाह र मुख्य प्रशिक्षक हुमागाईको सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम राखेको छ ।

बन्द प्रशिक्षणमा डाकिएको नेपाली टोली : 

फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास । मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट ।

डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ ।  गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ ।

यो पनि : नेपाल फर्किने हतारोमा रहेका प्रशिक्षक अल्मुताइरीको एन्फाले लियो यस्तो निर्णय