काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोली केन्याको भ्रमणमा तयारीमा जुटेको छ। नेपाली टिमले अहिले बन्द प्रशिक्षणमा रहेको छ। नेपालले केन्यासँग ५ खेलको टी–२० अन्तराष्ट्रिय र ३ म्याचको एकदिवसीय सिरिज खेल्ने तालिका छ। टी–२० र एकदिसीय सिरिजका लागि नेपालले टिमसमेत घोषणा गरिसकेको छ।
केहीअघि अगाडि कप्तान सन्दीप लामिछानेको कप्तानी १६ सदस्यीय टिम गरेको भएको थियो। नेपालले नयाँ मुख्य प्रशिक्षक पनि नियुक्त गरिसकेको छ। भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई हेड कोच बनाइएको छ। उनले अहिले नेपाली टिमलाई प्रशिक्षण दिइरहेका छन्।
केन्या जाने तयारीमा रहेको नेपाली टिमलाई झड्का लागेको छ। त्यो झड्का विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले दिएको छ।
आईसीसीले जारी गरेको नयाँ टी–२० वरीयतामा नेपालको स्थान घटेको छ। आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको हो। यससँगै नेपालले २०२४ मा वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकप सिधै खेल्न पाउने सम्भावना पनि कठिन बन्दै गएको छ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४औं स्थानमा पुगेको छ। आयरल्याण्ड भने १३ औं स्थानमा उक्लिएको छ। नेपाल भन्दापछि नामिबिया, स्कटल्याण्ड, ओमान, नेदरल्याण्ड्स, पपुवा न्युगिनी र क्यानडा छन्। उनीहरू क्रमशः १५औं देखि २०औं स्थानमा छन्।
वरीयतामा शीर्ष स्थानमा भारत कायमै छ। इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो, न्युजिल्यान्ड पाँचौं, अष्ट्रेलिया छैटौं, वेष्ट इण्डिज सातौं, श्रीलंका आठौं, बंगलादेश नवौं र अफगानिस्तान १० औं नम्बरमा छन्। यसका साथै जिम्बाब्वे ११औं र यूएई १२ औं स्थानमा छन्।
वेष्ट इण्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने सन् २०२४ को विश्वकपमा २० राष्ट्रले सहभागिता जनाउने छन्। यसैवर्ष १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म अष्ट्रेलियामा हुने आईसीसी टी–२० विश्वकपका शीर्ष आठ टोली पनि विश्वकप २०२४ का लागि सोझै छनोट हुनेछन्। यो विश्वकप सकिएलगत्तै १४ नोभेम्बमा आईसीसीले जारी गर्ने वरियताको नवौं र दशौं राष्ट्र। (यदि वेष्ट इण्डिज शीर्ष आठमा परेमा वरीयताको ११औं स्थानको राष्ट्रले पनि अवसर पाउनेछ।)
नेपाल टी–२० वरियताको अहिले १४औं स्थानमा छ। १२औं स्थानमा यूएई, जिम्बाब्वे ११औं र बंगलादेश दशौं स्थानमा छ। नेपालले टी–२० वरियतार सुधार गर्दै ११औँ स्थानमा उक्लिए सीधै विश्वकप खेल्न पाउनेछ। तर, आईसीसी वरीयता घट्दै जान थालेपछि नेपालको सिधै छटोट हुने सम्भावना कठिन बन्दै गएको छ।
यो पनि : सन्दीपले भाइपर्सबाट इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने, भए नयाँ टिममा अनुबन्धित