Khabar Board

सन्दीपले भाइपर्सबाट इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् ।

भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।ईमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउने छन् । जसमा १२ विदेशी खेलाडी राख्न पाईनेछ ।

यस्तै हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू-२३ टिमका खेलाडी अनिवार्य गरिएको छ । प्लेईङ-११ मा भने कम्तिमा एक जना युएई र एसोसियट राष्ट्रका खेलाडी हुनु पर्नेछ ।

नेपालले यू-१९ विश्वकप छनौटमा यी ६ टीमसँग खेल्ने, छनोट हुने सम्भावना कति ?

सन् २०२४ मा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपका लागि एसिया महादेशमा दुई चरणको छनोट प्रतियोगिता हुने भएको छ । आईसीसीले जनाए अनुसार पहिलो चरण भनेको एसिया डिभिजन-२ क्वालिफायर तथा दोस्रो चरण भनेको एसिया क्वालिफायर हो । पहिलो चरणको छनोट यसै वर्षको सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म ओमानमा आयोजना हुनेछ ।

ओमानमा हुने छनोटमा आयोजक ओमानसँगै बहराईन, भुटान, हङकङ, कतार, साउदी अरेबिया, सिंगापुर तथा थाइल्यान्डको सहभागिता रहनेछ । ओमानमा हुने प्रतियोगिताको फाइनलमा स्थान बनाउने दुई टिम एसिया क्वालिफायरमा स्थान बनाउनेछन् । एसिया क्वालिफायरमा भने सात पटक विश्वकप खेलिसकेको नेपालसँगै कुवेत, मलेसिया र युएईले स्थान सुरक्षित गरिसकेका छन् ।

सन् २०२४ मा हुने यू-१९ विश्वकपमा १६ टिमको सहभागिता रहनेछ । आईसीसीका अनुसार आईसीसीका ११ ‘फुल मेम्बर’ राष्ट्रहरु अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज र जिम्बाब्वेले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

बाँकी ५ स्थानका लागि छनोट प्रतियोगिताहरु हुनेछन्। जसमा युरोप, एसिया, अफ्रिका, अमेरिका र इस्ट एसिया प्यासिफिकमा छनोट प्रतियोगिताहरु हुनेछन् र त्यहाँबाट ५ टिमले विश्वकपमा स्थान सुरक्षित गर्नेछन् । यसको अर्थ भनेको युरोप, एसिया, अफ्रिका, अमेरिका र इस्ट एसिया प्यासिफिकबाट केवल एक-एक टिममात्र विश्वकपमा स्थान बनाउनेछन् ।

एसिया क्वालिफायरबाट पनि एक टिमले मात्र स्थान बनाउने हुँदा नेपालका लागि भने पक्कै पनि सहज हुने छैन । किनभने विश्वकपमा स्थान बनाउन नेपालले सन् २०२३ मा हुने एसिया क्वालिफायरमा कुवेत, मलेसिया र युएईसँगै एसिया डिभिजन-२ क्वालिफायरबाट आउने दुई टिमलाई पछि पार्दै शीर्ष स्थानमा उभिनुपर्ने हुन्छ । नेपाल पछिल्ला तीन संस्करणको विश्वकपमा छनोट हुन सकेको छैन ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.