Khabar Board
Flash logo up side
flash header

बीबीएल ड्राफ्टमा खकुरेलको देश ‘क्यानडा’ लेख्नुको खास कारण बाहिरियो

Nirbachan m

काठमाडौं।

अष्ट्रेलियामा हुने फ्रेन्चाइज लिग क्रिकेट बिग बास लिग (बीबीएल) का लागि विदेशी खेलाडीको ड्राफ्टमा नेपाली क्रिकेटर सुबास खकुरेल पनि छन् । तर उनको देश क्यानडा राखिएको छ । खकुरेलसँगै क्यानडाबाट दुई खेलाडीलाई बीबीएल ड्राफ्टमा राखिएको छ ।

नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएका र नेपालमै रहेका सुबास खकुरेल क्यानडेली नागरिक बनेका भने होइनन् । उनले नेपालको तर्फबाटै नाम दर्ता गराएका थिए । तर गल्तीका कारण देशमा क्यानडा उल्लेख हुनु पुगेको खकुरेलले बताए ।

क्यानको अर्थ क्यानडाको क्यान बुझ्दा यस्तो भएको खकुरेलले बताए । ‘नेपाल क्रिकेट संघको छोटकरी नाम क्यान हुन्छ । क्यानडाको नि छोटकरी रुपमा लेख्दा क्यान हुन्छ । नेपालको क्यानलाई क्यानडाको क्यान बुझेकोले त्यसो भएको हो,’ सुबासले भने, ‘म क्यानडा गएको होइन है ।’

बीबीएलको १२औं संस्करण डिसेम्बर १३ मा सुरु हुँदैछ । पहिलो पटक विदेशी खेलाडीको ड्राफ्टमार्फत अनुबन्ध गर्न लागिएको हो । ड्राफ्ट यही अगष्ट २८ मा हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेको नाम पनि ड्राफ्टमा समावेश छ। यसअघि होबार्ट हुरिकेनबाट खेलेका सन्दीपलाई होबार्टले ड्राफ्ट अघि रिटेन पनि गर्न मिल्नेछ ।

किरण चेम्जोङले भारतीय लिग खेल्ने

गत साता निलम्बन गरे पनि फिफाले भारतीय क्लबहरूलाई नयाँ खेलाडी दर्ता गर्न अनुमति दिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) मा ‘अनावश्यक तेस्रो-पक्ष हस्तक्षेप’ को कारण देखाउँदै भारतलाई निलम्बन गरेको थियो भने विश्वभरका राष्ट्रिय संघलाई भारतसँग कुनै पनि फुटबल प्रतिस्पर्धाका लागि सम्पर्क नगर्न आग्रह गरेको थियो।

Center article

निलम्बनपछि भारतको गोकुलम केरला एफसी पहिलो सिकार बनेको थियो। उज्वेकिस्तान पुगेर पनि गोलकुल एएफसी महिला क्लब च्याम्पियनसिपबाट बाहिरिएको थियो। गोकुलमको महिला टिममा नेपालकी सावित्रा भण्डारी पनि आबद्ध थिइन्।

यदि निलम्बन हटाइएन भने एटीके मोहन बागान सेप्टेम्बर ७ मा घरेलु मैदानमा हुने एएफसी कप अन्तर-जोन सेमिफाइनलबाट बाहिरिनेछ। यद्यपी, निलम्बनले भारतीय क्लबहरूलाई खेलाडी दर्ता गर्नबाट रोकेको छैन। फिफाको विधानमा पनि खेलाडी दर्ता गर्न सकिने उल्लेख छ।

एआईएफएफ स्रोतलाई उधृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको समाचारअनुसार ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएल) एक अनलाइन प्रणाली हो जहाँ अन्तर्राष्ट्रिय खेलाडी स्थानान्तरणका लागि प्रयोग गरिन्छ, यो निलम्बन पछि पनि भारतका लागि खुला रहेको छ।

एआईएफएफले गत मंगलबारको निलम्बन पछि ६ खेलाडीहरू दर्ता गरेको बताइएको छ। जसमा नेपालका गोलकिपर किरण लिम्बुको माजिया एस एन्ड सी (माल्दिभ्स) बाट राउन्डग्लास पञ्जाब एफसीमा स्थानान्तरण आइतबार पूरा भएको टाइम्स अफ इन्डियाको दाबी छ।

किरणले यो सिजन माजियाबाट माल्दिभ्सको लिग जितेका थिए। जहाँ उनी सिजनको सर्वोत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरण पञ्जाब आबद्ध भएको यो पहिलो पटक भने होइन। यसअघि उनले २०१८ र २०२० को सिजनमा पञ्जाबबाट खेलिसकेका छन्।

आईएसएल र आई-लिग क्लबबाहेक प्रदेशस्तरिय क्लबले अन्तर्राष्ट्रिय खेलाडीहरू अनुबन्ध गर्दै छन् र त्यहाँ कुनै समस्याहरू छैनन्। यदि कुनै दर्ता प्रतिबन्ध थियो भने फिफाले लिखित पत्र पठाउने एआईएफएफका एक वरिष्ठ अधिकारीले बताएका छन्। यसले भारतीय क्लबहरूका लागि ठूलो राहत हुनेछ। अन्तर्राष्ट्रिय स्थानान्तरण विन्डो अगस्त ३१ मा समाप्त हुन्छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.