फेरि किरण चेम्जोङले पाए अर्को ठूलो मौका, अनुबन्ध भए यस चर्चित टोलीमा

Image

काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको दोस्रो डिभिजन लिग हिरो आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।

भारतको टाइम्स अफ इन्डियाले नयाँ सिजनको आईलिगका लागि पन्जाबले किरणको नाम दर्ता गरेको जनाएको छ। पन्जाबले किरणलाई माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसमबाट अनुबन्ध गरेको टाइम्स अफ इन्डियाले जनाएको छ। पन्जाबले भने औपचारिक रुपमा अनुबन्धबारे खुलाएको छैन ।

अल इन्डिया फुटबल फेडेरेसन फिफाको प्रतिबन्धमा परेपनि खेलाडी किनबेचमा प्रतिबन्ध नरहेकाले पछिल्लो समय किरणसहित ६ खेलाडी लिगका लागि दर्ता भएको टाइम्स अफ इन्डियाले जनाएको छ । किरणले २०१९-२० को सिजन पन्जाबबाट आईलिग खेलेका थिए । त्यस सिजन किरण आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

यस्तै गत साता निलम्बन गरे पनि फिफाले भारतीय क्लबहरूलाई नयाँ खेलाडी दर्ता गर्न अनुमति दिएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) मा ‘अनावश्यक तेस्रो-पक्ष हस्तक्षेप’ को कारण देखाउँदै भारतलाई निलम्बन गरेको थियो भने विश्वभरका राष्ट्रिय संघलाई भारतसँग कुनै पनि फुटबल प्रतिस्पर्धाका लागि सम्पर्क नगर्न आग्रह गरेको थियो।

निलम्बनपछि भारतको गोकुलम केरला एफसी पहिलो सिकार बनेको थियो। उज्वेकिस्तान पुगेर पनि गोलकुल एएफसी महिला क्लब च्याम्पियनसिपबाट बाहिरिएको थियो। गोकुलमको महिला टिममा नेपालकी सावित्रा भण्डारी पनि आबद्ध थिइन्।

यदि निलम्बन हटाइएन भने एटीके मोहन बागान सेप्टेम्बर ७ मा घरेलु मैदानमा हुने एएफसी कप अन्तर-जोन सेमिफाइनलबाट बाहिरिनेछ।यद्यपी, निलम्बनले भारतीय क्लबहरूलाई खेलाडी दर्ता गर्नबाट रोकेको छैन। फिफाको विधानमा पनि खेलाडी दर्ता गर्न सकिने उल्लेख छ।

माल्दिभ्समा किरणआवद्ध माजियाले जित्यो ‘एफए कप’ को उपाधि

माल्दिभ्स एफए कप पुरुष फुटबल माल्दिभ्सको प्रमुख नकआउट प्रतियोगिता हो। गत सिजन एफए कप नहुँदा लिग विजेता माजिया र दोस्रो स्थानमा रहेको क्लब ईगल्सलाई वरियता दिइएको थियो। पछिल्लो एफए कप २०२० मा थियो जब कोभिड-१९ महामारीका कारण क्वार्टर फाइनलपछि रद्द गरिएको थियो।

अगस्ट २१ मा भएको एफए कप पुरुष फुटबल २०२१/२०२२ को फाइनल खेलमा माल्दिभ्समा माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट व्यवसायीक फुटबल खेलिरहेका नेपालीका चर्चित गोलरक्षक किरन चेम्जोङको टोलीले पूर्व च्याम्पियन र हालको प्रेसिडेन्ट्स कप विजेता क्लब भ्यालेन्सियाले दा ग्रान्डेलाई २-० ले हराउदै उपाधि जितेको छ ।

यो संगै मजियाले इतिहासमा पाँचौं पटक एफए कपको फाइनलमा प्रतिस्पर्धा गरेको छ। यसअघिका ४ फाइनलमध्ये माजियाले २०१२ र २०१४ मा एफए कपको उपाधि आफ्नो नाम गरेको थियो।

टोलि माजियाको लागि १४औं मिनेटमा नाइज हसनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ३२औं मिनेटमा हम्जाले गोलकिपरको माथिबाट बल नेटमा हानेर २–० को अग्रता बनाएर जित हासिल गरे ।

बिहीबार सम्पन्न सेमिफाइनल भिडन्तमा माजियाले क्लब ग्रीन स्ट्रिटसलाई ३-१ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । माजियाका लागि अकरम अब्दुल घानी, हम्जा मोहम्मद र मुसा यामिनले गोल गरेर टिमलाइ सानदार जित दिलाएका थिए।