गिलले रचे इतिहास, तोडे रोहित र युवराजको रेकर्ड

Image

काठमाडौं ।

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पाहुना टोली भारतले जिम्बाब्वेलाई २ सय ९० रनको लक्ष्य दिएको छ। सोमबार हरोरे स्पोर्ट्स क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८९ रन बनायो।

उसका लागि युवा ब्याटर शुभमन गिलले उत्कृष्ट शतकीय पारी गरे। उनले ९७ बलमा १५ चौका र १ छक्काको मद्दतमा १ सय ३० रनको योगदान दिए। गिलको यो पहिलो एकदिवसीय शतक हो। यसका साथै उनको यो एकदिसवीय अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट ब्याटिङपनि हो। यसअघि उनको एकदिवसीय उच्च स्कोर अविजित ९८ रन थियो। जुन उनले हालै वेष्ट इण्डिजविरुद्ध बनाएका थिए।

आज भारतका लागि इशान किशनले ५०, शिखर धवनले ४०, कप्तान केएल राहुलले ३० र सञ्जु सामसनले १५ रन बनाए। बाँकी ब्याटरले दोहारो अंकमा समेत रन बनाउन सकेनन्।

जिम्बाब्वेका लागि ब्राड इभान्सले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ५४ रन खर्चिए। यस्तै, भिक्टर न्याउची र लुक जोंगवेले १–१ विकेट हात पारे। १ विकेट रन आउटको रूपमा प्राप्त भयो।

तीन म्याचको सिरिजमा भारत २–० ले अगाडि रहेको छ। आजको खेलमा विजयी हुँदै भारत सिरिज क्लिनस्विप गर्न चाहन्छ। घरेलु टोली जिम्बाब्वे भने त्यसबाट जोगिने लक्ष्यमा छ। भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो।

गिलले बनाए कीर्तिमान :

भारतीय ब्याटर शुभमन गिलले नयाँ कीर्तिमान बनाएका छन्। जिम्बाब्वेमा शतक प्रहार गर्ने सबैभन्दा कान्छो भारतीय खेलाडी बन्दै उनले कीर्तिमान बनाएका छन्।

उनले २२ वर्ष ३४८ दिनको उमेरमा यो रेकर्ड बताएका हुन्। यससँगै उनले रोहित शर्माको रेकर्ड तोडेका छन्। रोहितले जिम्बाब्वेमा २३ वर्ष २८ दिनको उमेरमा शतक बनाएका थिए।

जिम्बाब्वेमा शतक बनाउने सबैभन्दा कान्छोको तेस्रो स्थानमा युवराज सिंह रहेका छन्। उनले २३ वर्ष २६६ दिनको उमेरमा शतक बनाएका थिए। गिलले अब रोहित र युवराजलाई पछि पारेका छन्।

केन्या भ्रमणमा नेपाली ब्याटिङको स्तर थाहा हुनेछ – रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहित पौडेलले केन्या भ्रमण खस्किएको नेपाली ब्याटिङको क्षमता परिक्षणको रुपमा रहने बताएका छन् । केन्या भ्रमणमा निस्कनु अघि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको बिदाइपछि कुरा गर्दै उपकप्तान रोहितले भ्रमणमा नेपाली ब्याटिङको स्तर जाँच हुने बताए ।

‘यस टुर नेपालको ब्याटिङ कुन स्तरमा रहेको छ । त्यसको बारेमा जानकारी लिन महत्वपुर्ण रहन्छ,’ रोहितले खेलपाटीसँग भने, ‘नेपाली टोलीले मुख्य प्रतियोगिता अघि यस टुर गरेर ब्याटिङमा हामी कता रहेछौ भनेर जानकारी मिल्छ ।’

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली आज नै केन्या भ्रमणका लागि निस्किएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लको आगमनबाट टोलीले पछिल्लो समय गुमाएको अनुभवको परिपूर्ति हुने समेत उनले बताए ।

नेपालले ५ टीट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिजका लागि केन्या भ्रमणमा निस्किएको हो । रोहितले ३ खेलको एकदिवसीय खेलमा भने नेपालको कप्तानी गर्ने छन् । नियमित कप्तान सन्दीप लामिछाने ५ खेलको टीट्वान्टी सिरिज पश्चात क्यारेवियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज जाने छन् ।

यो रोहितको राष्ट्रिय टिमका लागि पहिलो कप्तानी अनुभव समेत रहने छ । कप्तानको भुमिकामा रहँदा टिमको लागि आफुले दिने योगदानमा कमी नहुने पौडेलले बताए ।

‘केन्याको फरक वातावरणमा सबै जना पहिलो पटक खेल्न जादैछौ,’ पौडेलले भने, ‘यो भ्रमण नेपाली ब्याटरका लागि भने परिक्षणको विषय रहने छ ।’ टोलीको लागि आवश्यता परेमा आफु जुनसुकै स्थानमा ब्याटिङका लागि तयार रहेको उनले बताए ।