Khabar Board
Flash logo up side
Nirbachan aayog

लुम्बिनीको तेस्रो जित, पोखरा अझै जितविहीन

Nirbachan m

काठमाडौं ।

शाड्ली भान स्कालक्यकको अलराउन्ड प्रदर्शनप्रेरित लुम्बिनी अल स्टार्सले नेपाली टी २० लिगमा मंगलबार पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा एक सय ३३ रनको योगफल तयार गर्न ९ विकेट खर्चिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले इनिङको अन्तिम बलमा शाड्लीको छक्कासहित लक्ष्य पूरा गर्यो। लुम्बिनीलाई अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो। सोही बलमा शाड्लीले विशाल छक्का प्रहार गर्दै लुम्बिनीको तेस्रो जित सुनिश्चित गरे।

लुम्बिनीका लागि ११ बलको सामना गरेका शाड्लीले चार छक्कासहित अविजित ३१ रनको इनिङ खेल्दा म्यान अफ दी म्याच बने। लुम्बिनीका लागि कुशल भुर्तेलले २८ बलमा चार चौका र दुई छक्कासहित ३९ रनको इनिङ खेलेका थिए। यस्तै, उन्मुक्त चान्दले २२ र अनिल साहले १९ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ पोखराका लागि कुशल मल्ल र विपिन खत्रीले दुई– दुई तथा प्रतिश जिसी, अभिमन्यु मिथुन र जहिर खानले एक–एक विकेट लिए।पहिलो इनिङमा पोखराका लागि कुशल मल्लले ३१ बलमा पाँच चौका र पाँच छक्कासहित ६१ रनको शानदार इनिङ खेले। त्यसअघि, विकेटकिपर–ब्याटर उपुल थरङ्गाले ५१ बलमा ४२ रन जोडेका थिए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीका लागि शाड्ली भान स्कलक्यकले सर्वाधिक तीन विकेट लिए। किशोर महतो र गुल्शन झाले दुई–दुई तथा हर्मित सिंह र सागर ढकालले पनि एक–एक विकेट चट्काए।

पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गरेको लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्समाथि ३ रनको जित निकालेको थियो। पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले हारेको पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेट स्तब्ध भएको थियो।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.